८ साउन, दार्चुला । शैल्यशिखर नगरपालिका १ बलाँचमा पानीको खाल्डोमा परी मृत्यु भएकी बालिकाको परिवारलाई चमेलिया जलविद्युत् आयोजनाले १० लाख रुपैयाँ क्षतिपूर्ती दिने सहमति भएको छ ।
आइतबार चाइना गेजुवा ग्रुप पावर अफ कम्पनी, पीडित पक्ष र प्रहरी प्रशासनको त्रीपक्षीय वार्तापछि क्षतिपूर्ती बाफत आयोजनाले १० लाख रुपैयाँ दिने सहमति भएको बलाँच प्रहरी चौकीका प्रहरी नायब निरीक्षक लोकेन्द्र बहादुर सिंहले जानकारी दिए ।
बलाँचमा निर्माणाधिन चमेलिया जलविद्युत् आयोजनाको निर्माणका लागि आवश्यक ढुङ्गा, गिट्टी निकालेर बनेको खाल्डोमा भरिएको पानीमा डुबेर बालिकाको मृत्यु भएपछि परिवार र स्थानीयले क्षतिपूर्तीको माग गर्दै बिरोध गरेका थिए ।
चाइना कम्पनीले निर्माण सामग्री निकाल्दा बनेको खाल्डोमा परी शनिबार बजार जाँदै गरेकी बलाँचका हर्कबहादुर खडायतकी १० बर्षीया छोरी अनिसा खडायतको मृत्यु भएको थियो ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको