नक्कली नोटसहित २ जना पक्राउ

८ साउन, विराटनगर । नक्कली नोटसहित २ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।Nakklee-noteपूर्वी नेपालमा नक्कली नोटको कारोवारमा संलग्न विराटनगर महानगरपालिका -६ का २२ वर्षे संगित महतो र विराटनगर महानगर-७ का २१ वर्षे सुमन तोलाडीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ५०० सयका ३ सय ४८ थान अर्थात १ लाख ७४ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको छ ।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक समेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सन्दिप भण्डारीका अनुसार पक्राउ गरिएका २ जनालाई विराटनगर ९ स्थित रघुनाथ पेट्रोल पम्प पछाडिबाट नियन्त्रणमा लिइएको हो ।

भण्डारीले संकास्पद रुपमा हिँडिरेहको अवस्थामा संगित महतोलाई नियन्त्रणमा लिएर खोजतलास गर्दा नक्कली नोट भेटिएको बताए ।
अर्का सुमन तोलाङीवाट ५ सय दरका १ सय ९८ थान नक्कली नोट ९९ हजार फेला परेको भण्डारीले जानकारी दिए ।

उनीहरु दुवै पूर्वी नेपालमा नक्कली नोटको कारोवारमा संलग्न देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको