सहाराविहीन भेगबहादुरः जोसँग बैशाखीसमेत छैन

८ साउन, दाङ । जस्तापाताले बारेको एउटा सानो झुपडी । झुपडीको ढोकामा झुण्डाइएको च्यातिएको कपडा । घरको ढोका बनाउनुपर्ने ठाउँमा च्यातिएको थाङ्नो हेर्दा लाग्छ- यो गाउँघरमा प्रयोग गर्ने शौचालय पो हो ।

veg-bahadur-sunar-4

 

तर, त्यही शौचालयजस्तो देखिने यही घरको आश्रयमा बाँचिरहेका छन् दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर-४ मा ६५ वर्षीय भेगबहादुर सुनार ।

एउटा खुट्टा गुमाएका भेगबहादुरको सहाराविहीन संसारको महल हो यो । त्यहीँ बसेर अहिले असारे झरीसँगै रात-दिन बिताइरहेका छन् भेगबहादुर ।

बाहिरबाट हेर्दा शौचालयजस्तो लागे पनि जब नजिक पुगिन्छ, तब थाहा हुन्छ, अनि मनमा प्रश्न उठ्छ, मान्छे पनि यस्तो घरमा बस्न सक्छ ? यही प्रश्न सोध्दा उनी भन्छन्, ‘यहाँ नबसेर कहाँ जाने त ? हामीजस्ताका लागि को छ र ? बाँच्दासम्म जसोतसो जिन्दगी काटिरहेको छु । मरेपछि सक्किगो, कसलाई केको चिन्ता ?’

म्यालडाँडा टोलमा बस्दै आएका भेगबहादुर सुनारलाई सोधिएको एउटा प्रश्नबाट दुःख पीडाले भरिएको प्रतिपश्न पनि तेर्सियो ।

१७ वर्षको कलिलो उमेरमा उनले आफ्नो खुट्टा गुमाएका थिए । त्यति बेलाको क्षण सम्झिँदै उनले भने, ‘बाख्रा चराउन जंगलमा गएको थिएँ, एक्कासी माथिबाट ढुङ्गा पल्टेर आयो । ज्यान जोगाउन भाग्दाभाग्दै ढुङ्गाले खुट्टा कामै नलाग्ने गरी भाँचिदियो ।’

उनलाई उपचार गराउन पोखराको अस्पताल लगियो । तर, डाक्टरहरुले खुट्टा काम नलाग्ने भन्दै काटेर फाल्नुपर्ने बताए । त्यसपछिको जिन्दगी निकै दुःखदायी रह्यो उनको ।

 

उनी मजदुरी गरेर जीविकोपार्जन गरिरहेका छन् । ‘पहिला घरमा दाजु पनि थिए, उनी बाँच्दासम्म सबै रेखदेख उनैबाट भयो । मलाई कुनै दुःख भएन । अहिले दाजुको पनि मृत्यु भयो । आफ्नो पनि शक्ति सकियो । काम गरेर खान सक्दैन, बुढेसकालमा सहायता दिने कोही पनि छैन,’ उनले दुःख पोखे ।

सुनारले अहिले कसैबाट सहयोग पाएका छैनन् । सहायताका नाममा केवल सरकारले दिँदै आएको अपाङ्ग भत्तास्वरुप चौमासिक २४ सय रुपैयाँ पाउँछन् । तर, यो सहायताले उनलाई न खान पुग्छ न लगाउन नै । गहभरी आँसु लिएर उनी भन्छन्, ‘अहिले मलाई हेरचाह गर्ने मान्छेको खाँचो छ । त्यो नभए मलाई बस्ने बास र खाने गाँसको उचित व्यवस्था भइदिए खुशी हुने थिएँ । अब कति नै बाँचुला र ६५ कटिसकेँ ।’

 

बेसहारा भेगबहादुरका लागि बैशाखी समेत राम्रो छैन । दिसा पिसाब जान पनि अहिले समस्या हुने गरेको उनको भनाइ छ । अपाङ्गता भएका व्यक्तिहरुका अधिकारका सवालमा थुप्रै आवाजहरु उठेपनि आफूले पाउनुपर्ने जति अधिकार पाउन नसेको गुनासो छ भेगबहादुरको ।

उनी भन्छन्, ‘हाम्रो नाम भँजाएर खानेहरु थुप्रै छन्, तर हामीजस्ता सहाराविहीनलाई रेखदेख गर्ने कोही भएनन् । संसार यस्तै रैछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि