६ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अब छिट्टै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् । ३५ औं बिपी स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले आज काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन भइसकेकाले सरकार अब मिति घोषणा र निर्वाचनसँग सम्बन्धित कानून बनाउन केन्दीत हुने बताए ।
उनले समयको चाप रहेपनि माघ ७ गतेअगावै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गरेर देखाउने दाबी गरे । प्रधानमन्त्री देउवाले २ नम्बर प्रदेशको निर्वाचनबाट कांग्रेसले अघिल्लो चरणमा व्यहोरेको हारको पूर्ति गर्ने दाबी पनि गरे । उनले पहिलो र दोस्रो चरणको निर्वाचनमा अन्र्तघातका कारण पार्टीले दोस्रो स्थानमा सीमित हुनुपरेको भन्दै तेस्रो चरणको निर्वाचनमा अन्र्तघातको स्थिति आउन नदिने बताए ।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले अघिल्ला निर्वाचनमा अन्र्तघात गरेर पार्टीका उम्मेद्वारलाई पराजित गर्न भूमिका खेल्ने सबैलाई कारवाही गर्ने पनि बताए ।
देउवाले पार्टीभित्र कमजोरी रहेको स्वीकार गर्दै ती कमजोरी सच्चाउन आफू तयार रहेको बताए । उनले पार्टीभित्रका कमजोरीका विषयमा प्रचारबाजी नगर्न पनि असन्तुष्ट पक्षसँग आग्रह गरे ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको