यसकारण ‘दंगल’ले आईफामा कुनै अवार्ड पाएन !

हालै न्यूयोर्कमा सम्पन्न १८अौं आईफा अवार्डमा अभिनेता आमिर खानको फिल्म दंगलले कुनै पनि अवार्ड पाउन सकेन। अझ आयोजकले दंगललाई कुनै पनि क्याटोगोरीको नोमिनेशनमा पनि राखेन।

dangak-04-1467620674-14-1473863908-20-1474360181-10-1476088045

सत्य घटनामा आधारित फिल्म ‘दंगल’ले देश र विदेशमा राम्रो व्यपार गरेको थियो। सर्वाधिक रुचाईको फिल्म दंगल र अक्षयको फिल्म एयरलिफ्टले आईफामा कुनै अवार्ड नपाउँदा यतिबेला आयोजकले निकै आलोचना खेपि रहेका छन्।

आयोजकले ‘दंगल’ अवार्डको कुैन पनि क्याटोगोरीमा नपर्नुको कारण दंगलले १८ अौं आइफा अवार्डको लागि फिल्मको नाम नै दर्ता नगरेको जनाएको छ। आयोजकले एक वक्तब्य जारी गर्दै पहिला सबै प्रोडक्सन हाउसलाई एक फर्म भर्न लगाईने र त्यही फर्मको आधारमा भोटिङको लागि पठाइने बताएको छ।

यस प्रक्रियामा ‘दंगल’ समावेश नभएकाले कुनै नोमिनेशनमा नपरेको आयोजकले स्पस्ट पारेको छ।
यो वर्ष फिल्म निरजाले उत्कृष्ट फिल्मको अवार्ड पाएको थियो भने फिल्म पिंकबाट उत्कृष्ट निर्देशकको अवार्ड अनिरुद्ध राय चौधरीले पाएका थिए। शाहिद कपुर र आलिया भट्टले उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड हात पारेका थिए। फिल्म दंगलले भारत, चीन र अन्य देशमा पनि व्यपारको रेकर्ड तोडेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको