संसद् बैठक : विनिताको स्मृतिमा अक्षयकोष स्थापनाको घोषणा

५ साउन, काठमाडौं । नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले व्यवस्थापिका–संसद्को आजको बैठकमा राजधानी काठमाडौँका सडक धरापमा परिणत भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले सम्बन्धित निकायलाई त्यस्ता धराप पुर्न पनि आग्रह गरे ।

samsad

संसद्को विशेष समयमा भाग लिँदै उनलले आफ्नो निर्वाचन क्षेत्रमा ढलमा बगेर ज्यान गुमाएकी विनिता फुयाँलको स्मृतिमा अक्षयकोष स्थापनार्थ आफ्नो एक महिनाको पारिश्रमिक त्यस निम्ति प्रदान गर्ने घोषणा गरे ।

नेमकिपाकी सांसद अनुराधा थापामगरले ढलमा बगेर ज्यान गुमाएकी विनिता फुयाँलका अभिभावकलाई सम्बन्धित अधिकारी र ठेकेदारबाट क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने माग गरिन् ।

एमाले सांसद भीम रावलले निर्वाचन क्षेत्र निर्धारण आयोग अविलम्ब गठनको माग गरे । प्रदेश र सङ्घको निर्वाचनका लागि क्षेत्र निर्धारण जरुरी भएकाले आयोग गठनको आवश्यकता जरुरी रहेको उनको भनाई थियो ।

संघीय समाजवादी फोरमका अभिषेकप्रताप साहले भैरहवा भन्सार कार्यालयका केही पदाधिकारी आर्थिक अनियमिततामा लिप्त रहेका र राजस्व छली भएकाले त्यसको अन्त्यका लागि आवश्यक कारबाही गर्न सदन र सरकारको ध्यानाकर्षण गराए । उनले संसदीय छानबिन टोली गठनको माग पनि गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको