५ साउन, काठमाडौं – मन्त्रीपरिषद्को बैठक सकिएको छ । बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश कमल नारायण दासको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ । आयोगको सदस्यहरुमा माधव अधिकारी, डाक्टर विश्वकल्याण पराजुली र योगेन्द्र शर्मा पौडेल छन् भने सदस्य सचिवमा गणेशराज कार्की छन् ।
आयोगलाई क्षेत्र निर्धारणका लागि तीन हप्ताको समय दिइएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यो अवधिमा आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्षेत्र निर्धारण गर्नेछ । बैठकले मुख्यसचिव पदबाट सोमलाल सुवेदीले दिएको राजीनामा स्वीकृत गर्दै उनकै लागि भनेर सामान्य प्रशासनमा सृजना गरिएको विशेष पद खारेज गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।
यसअघि एउटै व्यक्ति दुई पदमा कायम रहेको भन्दै संसद र बाहिर पनि चर्काे आलोचना भएको थियो । बैठकमा तीन दिन भित्रै राजपाका माग सम्बोधनका लागि समझदारी मन्त्रीपरिषद बैठकले गरेको प्रवक्ता कार्कीले बताए । सरकारले अस्ति संविधान संसोधन बाहेकका माग तीन दिन भित्र पूरा गर्ने वचन राजपालाई दिएको थियो ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको