उद्योग क्षेत्रमा भित्रियो पन्ध्र अर्ब वैदेशिक लगानी

५ साउन,काठमाडौं– नेपालको उद्योग क्षेत्रमा रु १५ अर्ब एक करोड ७२ लाख बराबरको वैदेशिक लगानी भित्रिएको छ । उद्योग विभागले दिएको जानकारीअनुसार ३९५ उद्योगमा विदेशी लगानी भित्रिएको हो । लगानी गरिएका उद्योगमा साना ३७०, मझौला १६ र ठूला नौवटा रहेका छन् । 

industry-deparment-kathmandu_4XcCtA2Cxgविभागका प्रवक्ता दुर्गाप्रसाद भुसाल संविधान निर्माणसँगै नेपाली उद्योग क्षेत्रमा विदेशी लगानी भित्रिने क्रम बढेको बताउँछन् । तत्कालिन उद्योगमन्त्री नवीन्द्रराज जोशीको सक्रियतामा आएको विशेष आर्थिक क्षेत्र (सेज) ऐन र आौद्योगिक व्यवसायी ऐनसँगै उद्योग क्षेत्रमा लगानी बढेको उनको भनाइ छ । ठूला उद्योगमा रु ६ अर्ब २२ करोड ७० लाख, मझौलामा रु एक अर्ब १७ करोड ४९ लाख र साना उद्योगमा रु सात अर्ब ६१ करोड ५३ लाख लगानी भएको छ । सबैभन्दा बढी चिनियाँ लगानीकर्ता रहेका छन् । चीनले ठूला ६, मझौला सात र साना १७० वटा उद्योगमा रु ६ अर्ब २४ करोड ६७ लाख लगानी गरेको छ । 

भारतले एक ठूलो, तीन मझौला र ३६ वटा साना उद्योगमा रु एक अर्ब ९९ करोड ७० लाख लगानी गरेको छ । मझौला तथा साना उद्योगमा लगानी गर्ने धेरै मुलुक रहेका छन् । संयुक्त राज्य अमेरिका ३८, दक्षिण कोरिया १५, जापान १२, बेलायत र नेदरल्याण्ड नौ÷नौ, फ्रान्स आठ, बंगलादेश र स्विजरल्याण्ड सात÷सात, जर्मनी ६ तथा बेल्जियम र क्यानडाले पाँच÷पाँचवटा उद्योगमा लगानी गरेका छन् । 

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका महासचिव डम्बरप्रसाद रेग्मी विदेशी लगानीलाई बढीभन्दा बढी भित्र्याउनका लागि सरल नीति बनाउनुपर्नेमा जोड दिन्छन् । “स्वदेशमा भएका स्रोतसाधनलाई अधिकतम उपयोग गरी देशको आर्थिक मेरुदण्ड बलियो बनाउन विदेशी लगानी आवश्यक छ,” उनले भने ।  वैदेशिक लगानीमध्ये सबैभन्दा बढी पर्यटन, कृषि र वनजंगल, ऊर्जा तथा सेवामूलक र उत्पादनमुलक व्यवसायमा लगानी भएको छ । उद्योग दर्तालाई सहज बनाउन विभागले गत माघ २ गतेदेखि अनलाइन दर्ता प्रक्रिया शुरु गरेको छ । 

स्वदेशी लगानीका साना उद्योग दर्ता लघु, घरेलु तथा साना उद्योग विभाग र समितिबाट हुँदै आएको छ । ठूला र मझौला स्वदेशी तथा विदेशी लगानीका उद्योग उद्योग विभागबाट दर्ता हुँदै आएको छ । गत आवमा उद्योग क्षेत्रमा रु १५ अर्ब २५ करोड ८५ लाख वैदेशिक लगानी भएको थियो । ठूला नौ, मझौला १८ र साना ३२१ उद्योग दर्ता भएका थिए । विभागले विदेशी रु १० करोडभन्दा कम लगानीका साना उद्योग, रु १० करोडदेखि रु २५ करोड लगानी रहेका मझौला तथा रु २५ करोडभन्दा बढी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आएको छ । 

ऐन, नीति, नियम परिमार्जन, विशेष आर्थिक क्षेत्र (सेज) ऐन, खनिज नीति, विदेशी लगानीसम्बन्धी विधेयक, लगानी सम्मेलन, अनलाइनमार्फत उद्योग दर्ता, उद्योग विभागभित्र विद्युतीय हस्ताक्षरद्वारा कामका साथै संस्थागत सुधारले गर्दा उद्योग क्षेत्रमा वैदेशिक लगानी बढ्दै गएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र