काठमाडौँ, ४ साउन – साइमेक्स इंक कम्पनीले काठमाडौं उपत्यकामा स्काई रेल सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन काठमाडौं महानगरपालिकालाई बुझाएको छ । काठमाडौं महानगरपालिकाले करिब ६ महिनाअघि काठमाडौंमा स्काई रेल सञ्चालनको सम्भाव्यताबारे साइमेक्स इंक कम्पनीलाई अध्ययन गर्ने जिम्मेवारी दिएको थियो । उसले मंगलबार स्काई रेल सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रारम्भिक प्रतिवेदन महानगरपालिकालाई बुझाएको छ ।
महानगरपालिकाले मेट्रो रेलभन्दा स्काई रेल सञ्चालन सहज हुने अनुमान गर्दै यसका लागि साइमेक्सलाई अध्ययन गर्ने जिम्मा दिएको थियो । साइमेक्सले तीन महिनाभित्रमा प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउने साइमेक्स र महानगरपालिकाबीच गत २६ माघमा भएको सम्झौतापत्रमा उल्लेख छ । तर साइमेक्सले ६ महिनापछि मात्रै प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाएको छ । जसमा पहिलो चरणमा तिलगंगादेखि कलंकीसम्म स्काई रेल चलाउन सकिने उल्लेख गरिएको छ । जसको रुट तिलगंगाबाट सुरु भएर एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, शहीदगेट, त्रिपुरेश्वर, कालिमाटी, रविभवन हुँदै कलंकीसम्म राखिएको छ । यही रुटलाई भविष्यमा कीर्तिपुुरसम्म लम्ब्याउनसमेत सकिने प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी महाराजगन्ज नारायणगोपाल चोकबाट लाजिम्पाट, लैनचौर, रत्नपार्क, सातदोबाटो हुँदै ललितपुरको गोदावरीसम्म स्काई रेल सञ्चालन गर्न सकिने उल्लेख छ । चक्रपथ परिक्रमाको रुटमा पनि स्काई रेल सञ्चालन गर्न सकिने साइमेक्सले जनाएको छ । साइमेक्सका अनुसार १० किलोमिटर स्काई रेलको लिक बनाउन ३० करोड अमेरिकी डलर खर्च लाग्नेछ । १० किलोमिटर लिक बनाउन दुई वर्ष लाग्नेछ ।
मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत खर्च कम लाग्ने साइमेक्सले दाबी गरेको छ । स्काई रेलको एउटा डिब्बामा २ सय जना यात्रु अट्नेछन् भने एउटा स्काई रेलमा आठवटासम्म डिब्बा जोड्न सकिने प्रतिवेदनमा उल्लेख छ । तर काठमाडौं महानगरपालिकामा सञ्चालन गरिने स्काई रेलको हकमा भने बढीमा तीन वटा मात्रै डिब्बा जोड्न सकिने अध्ययनले देखाएको छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको