जुगु काण्डः महान्यायाधिवक्ताले मिसिल लुकाएको एमाले सांसदको आरोप

२ साउन, काठमाडौं । दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्ने एमालेका तीनजना सांसदले महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले जुगु काण्डको मुद्दाको फाइल नै गायब पारेको आरोप लगाएका छन् ।सांसदहरु पशुपति चौलागाई, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले सोमबार सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी सरकारवादी मुद्दामा महान्यायाधिवक्ता नै ‘हत्यारा’ जोगाउने षड्यन्त्रमा लागेको आरोप लगाए ।dolakha

गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुँगु निवासी कुलबहादुर तामाङको वैशाख २६ गते माओवादी कार्यकर्तासँग भएको भडपमा मृत्यु भएको थियो । परिवारको किटानी जाहेरीपछि प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो । तर, अन्य आरोपी फरार रहेकै बेला जिल्ला अदालतले उनीहरुलाई साधारण तारेखमा छाडेको थियो ।जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठले त्रुणीपूर्ण आदेश दिएको भन्दै न्यायपरिषदले उनीमाथि छानविन थालिसकेको छ । यो मुद्दाको फाइल समेत सचिवालयमा पुगेको छ ।

आदेश चित्त नबुझी माथिल्ला तहको सुनुवाईका लागि प्रयास गर्ने सरकारी वकिललाई महान्यायाधिवक्ताको आदेशबाट रोकिएको आरोप एमाले सांसदहरुको छ ।कुलबहादुर तामाङको हत्या कस्ले गर्‍यो ? दिलबहादुर बुढाथोकीलाई गमभीर घाइते कसले बनायो ? हत्यारा को हो ? आक्रमणकारी को हो ? सरकारले हामीलाई बताइ दिनपर्‍यो, हाम्रो भनाइ यत्ति नै हो,’ पत्रकार सम्मेलनमा सांसद पशुपति चौलागाईंले भने ।महान्यायाधिबक्ताले आफै पुनरावलोकनमा लैजानु पर्ने सरकारवादी मुद्दालाई रोकेर पदीय दुरुपयोग मात्रै नभई नैतिकता र पेशाबिरोधी काम गरेको आरोप सांसद गुरुङले लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक