प्रधानन्यायाधिश पराजुलीको सपथ

 

साउन २, काठमाडौं -नवनियुक्त प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधिश पराजुलीलाई सोमबार राष्ट्रपति भवन सितल निवासमा आयोजित विशेष समारोहकाबीच पद तथा गोपनियताको सपथ गराएकी हुन् । सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, संवैधानिक अंगका प्रमुखहरु, सर्र्वाेच्च अदालतका न्यायाधिशहरुसहितका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।gopal-prasad-parajuli_Zo2SNvMr9V

संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधिशमा सिफारिस पराजुलीको नाम अनुमोदन गरेपछि उनलाई आईतबार नै राष्ट्रपति भण्डारीले प्रधानन्यायाधिश पदमा नियुक्त गरेकी थिइन् । नवनियुक्त प्रधानन्यायाधिश पराजुलीले संसदीय सुनुवाई विशेष समितिको बैठकमा न्यायालयलाई पद्धतिसंगत ढंगले अघि बढाउन कोसिस गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 
 सुशीला कार्कीले उमेर हदका कारण पदबाट राजीनामा दिएपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश पराजुलीलाई कायममुकायम प्रधानन्यायाधिशको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र