ललितपुर महानगरपालिकाको बजेट ३ अर्ब २२ करोड

ललितपुर–ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४– ७५ का लागि ३ अर्ब २२ करोड  ९१ लाख १० हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । 
 महानगरले ४३ करोड १२ लाख ८७ हजार रुपैयाँ बजेट चालु खर्चका लागि र पुँजीगत तर्फ २ अर्ब ७९ करोड ७८ लाख २३ हजार विनियोजन गरेको छ । 

 प्रस्तावित खर्चमध्ये आन्तरिक श्रोत बाट १ अरब २२ करोड ४४ लाख प्रस्ताव गरिएको छ । त्यसमा नेपाल सरकारको ससर्त अनुदान तर्फ ८८ करोड १२ लाख ६३ हजार , वित्तिय समानीकरण तर्फ ५६ करोड ७ लाख ४७ हजार , बहुवर्षिय सडक विस्तार तर्फ १० करोड , विषयगत अनुदान तथा सामाजिक सुरक्षा खर्च तथा विकास कार्य तर्फ २६ करोड १५ लाख, लागत सहभागीता ३ करोड तथा वैदेशिक अनुदानबाट ७७ करोड १२ लाख गरी जम्मा ३  अरब २२ करोड ९१ लाख १० हजार व्यहोर्ने गरि प्रस्ताव गरिएको छ । 
शनिबार पहिलो नगरसभा गर्दे महानगरका मेयर चिरीबाबु महर्जनले ३ अर्ब २२ करोड रुपैयाँ बराबरको प्रस्तावित बजेट प्रस्तुत गरेका हुन् । 

लामो समय देखि कर नतिरेका करदाताको सुची महानगरको वेभ साईटमा प्रकासित गर्नुको साथै कर संकलनमा उल्लेख्य प्रगती हासिल गर्नका लागि २०७४ लाई कर बर्ष घोषणा गर्दै बर्ष भरी मालपोल, घर जग्गा र व्यवसाय करमा १० प्रतिशत छुट दिएको छ । साथै बक्यौतामा समेत १० प्रतिशत छुट गरि जरिवाना मिनाहा गरेको छ । महानगरले नगरबासीलाई सुविधा दिनका सम्बन्धीत वडा कार्यालयहरु मार्फत नै मालपोत लगायत अन्य कर संकलन गर्ने व्यवस्था मिलाएको छ ।

महानगर तथा वडामा बनाईने भवनलाई अपाङग मैत्री बनाउने, तथ्याङलाई चुस्त दुरुस्त राख्नका लागि डाटा बैकको स्थापना गर्ने, शंखमुलमा विद्युत् सवदाह गृह बनाउने, वस्ती विकास मापदण्ड निर्देशिकालाई कार्यान्वयनमा ल्याउने लगायत नगर सुधारका कार्यक्रम अघि सारेको छ  ।
 महानगरले मुख्य शहरमा रहेका आवासिय भवनलाई पनि व्यवसायीक भवन मानि सोही अनुसारको कर लगाउने निति अवलम्बन गरेको छ । त्यसैगरी नेपाल सरकारका विषयगत कार्यालयहरु महानगरभित्र मातहत आउदा प्राप्त हुने बजेटलाई तीनै कार्यालयका लागि नै छुट्याउनुको साथै समन्वयात्मक व्यवस्थापन गरि नगरलाई अस्तव्यस्त हुनबाट जोगाउने लक्ष राखिएको पनि मेयर महर्जनले बताए । 

महानगरपालिकाले दिगो पूर्वाधार र वैकल्पिक उर्जाको विकास, सांस्कृतिक सम्पदाको पुनर्निर्माण गरि पर्यटन मार्फत आथिर्क उपार्जन लगायतकलाई पनि बजेटमा प्राथमिकता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक