कांग्रेस नेताहरु पुगे बालुवाटार, निर्वाचन आयोगमाथि दवाव

काठमाडौं–नेपाली कांग्रेसका नेताहरुले प्रदेश र केन्द्रीय संघको निर्वाचनका सम्बन्धमा छुटेका मतदाताको नामावली संकलनको समयावधि  १५ दिनबाट बढाएर १ महिना तोक्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । 

बालकृष्ण खाँडको नेतृत्वमा सनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगी नेताहरुले नामावली संकलनको समयावधि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका हुन् । 

उनीहरुले २०७० सालको निर्वाचनमा मतदान गरेका तर अहिले छुटेका मतदातालाई समावेश गर्न, काम तथा अध्ययनको सिलसिलामा मतदानस्थल भन्दा बाहिर बस्दै आएकालाई सोही स्थानबाट मतदाता नामावलीमा समावेश गर्न तथा सदरमुकाममा मात्रै नभई ७ सय ४४ वटै गाउपालिका र नगरपालिाको केन्द्रबाट नामावली संकलन गर्न सक्ने व्यवस्था मिलाउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

नेताहरुले विदेशमा रहेका नेपालीले निर्वाचनमा सहभागी हुन सक्ने गरी त्यहा स्थित नेपाली दुतावासबाट मतदाता नामावली संकलनको व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् । 

नेता खाँडले आफुहरुको माग सम्बोधनका लागि प्रधानमन्त्री सकारात्मक देखिएको र निर्वाचन आयोगसंग परामर्श गरी सबै नेपाली मतदाताले मतदान गर्ने वातावरण मिलाउने प्रतिवद्धता जनाएको बताए । 

कांग्रेसका नेताहरुले शुक्रबार निर्वाचन आयोगका पदाधिकारीलाई भेटी सबै मतदाता निर्वाचनमा सहभागी हुन सक्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका थिए । आयोगले अहिलेसम्म कुनै जवाफ नदिएको  भएपछि  उ माथि  समय थप्नुपर्ने दवाव बढेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक