बैङ्गलोरमा नेपाली विद्यार्थीको प्रश्न : कुभिण्डोको झोल खाएर कसरी बाँच्नु ?

kabin-maleku0_QzdmPGqn0Lअसार ३०, बैङ्गलोर–भूगोल र सांस्कृतिक रूपमा बैङ्गलोर र नेपालमा धेरै भिन्नता छन् । जसका कारण खानपिनमा पनि धेरै भिन्नता छ । नेपालीहरू खानामा दाल भात र तरकारी खाने गर्छन्, जुन राष्ट्रिय खाना पनि हो । तर बैङ्गलोरमा बस्नेहरू भने दक्षिण भारतीय खाना, इडली, डोसा, साम्बर बाडा आदि खान्छन् । तर नेपाली स्वादअनुसार नहुने भएकाले नेपालीहरू यो खाना खानै सक्दैनन् ।
 
काठमाडौँमा काउन्सेलिङ हुँदा गर्दा होस्टलमा नेपाली खाना खान पाइने भनेर विद्यार्थीलाइ फकाइफुल्याइ गरिन्छ । चित्त नबुझे आफैले पकाएर खान पाइन्छ पनि भनिन्छ । तर, बैङ्गलोरको यथार्थ भिन्न छ । त्यहाँ न नेपाली खानेकुरा खान पाइन्छ न त आफैले पकाएर खान पाउने व्यवस्था नै छ ।
 
बैङ्गलोरको राजाराजेश्वरी कलेज अफ नर्सिङमा अध्ययन गरिरहेकी काठमाडौँकी सुविना भन्छिन्, बैङ्गलोरको खानाले धेरै नेपाली विद्यार्थीहरू बिरामी परेका छन् । किनभने यहाँको खाना आम नेपालीले खान सक्ने अवस्थाको नै छैन । उनी भन्छिन्, ‘कन्सल्टेन्सीले सुरुमा कुरा गर्दा नेपाली खाना खान दिन्छ भनेको थियो । तर जब हामी कलेजमा आइपुग्यौँ, कन्सल्टेन्सीले बोलेको झुठो रहेको प्रमाणित भयो । किनभने यहाँ त नेपाली खाना देख्न पनि नपाइने रहेछ । खाए पनि नखाए पनि त्यही साउथ इन्डियन खाना हो ।’
 
सुविनाका अनुसार बैङ्गलोरमा धेरैजसो नेपाली विद्यार्थीहरू खानाकै कारण बिरामी पर्छन् । किनभने खाना नमिठो हुँदा नेपाली विद्यार्थीहरूले राम्रोसँग खान पाएकै हुँदैनन् । उनी अगाडि थप्छिन्, ‘पढाउँदा यो र त्यो खानामा यति पौष्टिक हुन्छ भन्छ, दिनुपर्छ भन्छ । तर त्यस्तो पौष्टिक खाना नै दिँदैन । तरकारीमा कुभिण्डोको झोल दिन्छ, त्यो कसरी खानु ?’
 
खानाकै लागि थप खर्च
सुविनाका अनुसार नेपाली विद्यार्थीहरूले होस्टललाई खानको पैसा बुझाएको भए पनि खानाकै लागि अरू खर्च गर्नु परिरहेको छ । होस्टलको खाना खानै नसक्ने भएकाले कि त उनीहरूले अचार वा तरकारी आफै ल्याउनुपर्छ नभएर बाहिरको खानेकुरा खानुपर्छ । जसका लागि प्रतिविद्यार्थी मासिक नेपाली ६ हजारको हाराहारीमा थप खर्च गर्न परिरहेको छ ।
 
होस्टलको खाना मीठो नभएपछि आँफैले पकाएर खान्छौँ भन्दा पनि कलेजले नदिएको सुविनाको गुनासो छ । उनी भन्छिन्, होस्टेलको खाना नमीठो भएपछि हामीले पटकपटक कलेज प्रशासनसँग यो कुरा राख्यौँ । हामी आफै पकाएर खान्छौँ पनि भन्याँै तर कलेज प्रशासनले मानेन । हामीले कहिलेकाहीँ लुकीलुकी आफै इन्डक्सन किनेर ल्याएर पकाउने कोसिस पनि गर्यौँ तर जब हामीले पकाएर खाएको जानकारी पाए, उनीहरूले इन्डक्सन नै जफतसमेत गरिदिए ।’

यो पनि पढ्नुहोस्

बैङ्गलोरमा बीएस्सी नर्सिङ : सुनौलो सपना, दर्दनाक यथार्थ

बैङ्गलोरमा नर्सिङका विद्यार्थीको बिजोग : पढाइ बैङ्गलोरमा, प्रयोगशाला चाहिँ नेपालमा

 राजाराजेश्वरीमै अध्ययनरत अर्की विद्यार्थी लमजुङकी शर्मिला पनि खानेकुरामा अत्यन्तै समस्या रहेको गुनासो गर्छिन् । खानेकुराकै कारण नेपाली विद्यार्थीहरू दिनानुदिन दुब्लाउँदै जाने समस्या बढेको छ । खानेकुरा राम्रोसँग खान नपाउँदा शारीरिक र मानसिक रूपमा नेपाली विद्यार्थीहरू कमजोर बन्दै गएको उनको गुनासो छ ।
 
सुविना र शर्मिला मात्रै होइन, बुटवलकी संजिताको समस्या पनि त्यही छ । बैङ्गलोरमा नेपाली विद्यार्थीहरूले भोगेको अर्को प्रमुख समस्या भनेका खानेकुराकै हो । बैङ्गलोरको होस्टलमा खुवाइने खानेकुरा पौष्टिकयुक्त त छैन नै, नेपाली विद्यार्थीहरूले खान सक्ने अवस्थाको पनि छैन । संजिता भन्छिन्, ‘नेपालमा भैंसीलाई कुँडो पनि नखुवाउने कुभिण्डोमा झोल हालेर हामीलाई तरकारी दिइन्छ । उसिनेको फर्सीमा तातोपानी हालेर झोल बनाइन्छ र दिइन्छ । अब त्यस्तो खाना कसरी खानु । त्यो खाएर कसरी बाँच्नु ।’

भेडाबाख्रा कोचेझैँ होस्टेलमा नेपाली विद्यार्थी

बैङ्गलोरमा नेपाली विद्यार्थीहरूले भोगिरहेको अर्को समस्या हो, होस्टलको रुम । काठमाडौँका कन्सल्टेन्सीहरूले यहाँ विद्यार्थीहरूलाई काउन्सेलिङ गर्दा एउटा कोठमा २ जना विद्यार्थी मात्रै हुन्छन् भनेर फकाएका हुन्छन् । तर जब बैङ्गलोर पुगिन्छ, अनि देखिन्छ यथार्थता । अहिले बैङ्गलोरका होस्टलहरूमा एउटै कोठामा सामान्यतया ६ जना विद्यार्थीहरू कोचिन्छन् । कतिपय होस्टलहरूमा त एउटै कोठामा ८ जना विद्यार्थीसम्म राखिएका छन् । विद्यार्थी रंजिता भन्छिन्, ‘एउटै कोठामा ५/६ जना विद्यार्थी कोचेर राख्छन् । हामी भेडा बाख्रा त होइन नि ।’
शर्मिलाका अनुसार कन्सल्टेन्सीले बैङ्गलोर ल्याउने बेलामा एउटा कोठामा जम्मा २ जना मात्रै विद्यार्थी हुन्छन् भनेको थियो । तर बैङ्गलोर आइसकेपछि ८ जनासम्म कोचिएर बस्नुपर्यो । अहिले घटेर ५ जना एउटै कोठामा बसिरहेका छन् । होस्टल प्रशासनले कोठामा अझै विद्यार्थी थप्ने प्रयास गरिरहेको छ ।
बैङ्गलोरमै रेडियोलोजी अध्ययन गरिरहेका अर्का विद्यार्थी प्रविण पनि बैङ्गलोरका होस्टलमा भेडा बाख्राझैँ कोचिएर बस्नुपरेको गुनासो गर्छन् । कन्सल्टेन्सीले बैङ्गलोर पठाउँदा एउटा कोठामा दुईजना मात्रै बस्ने हो भने पनि उनीहरू अध्ययन गरेको आचार्य कलेजमा एउटै कोठामा १२ जनासम्म बस्नु परेको दुखेसो सुनाउँछन् प्रविण। १२ जना बस्नु परेपछि केही पढ्नै नसकिने र तनाव मात्रै हुने प्रविणको भनाइ ।
अर्की विद्यार्थी पनि होस्टल बसाइको समस्या यसैगरी सुनाउँछिन् । होस्टलमा क्षमताभन्दा धेरै बढी विद्यार्थी राख्नाले पढ्नै नसकिने समस्या रहेको उनी बताउँछिन् । कोही हल्ला गरेर पढ्ने र कोही शान्तसँग पढ्ने हुनाले शान्तसँग पढ्ने विद्यार्थी सबैभन्दा मारमा पर्ने उनको भनाइ छ ।

यसरी बैङ्गलोरमा सुरुमा जे सपना देखाइन्छ, जे भनिन्छ, वास्तविकता ठीक उल्टो हुने गरेको छ । बैङ्गलोर पढ्ने नेपाली विद्यार्थीहरूले खाना र बस्नमासमेत समस्या भोगिरहेका छन् । राम्ररी खान नपाउँदा कति विद्यार्थीहरू बिरामी नै परेका छन् भने बाहिरको खाना खानेहरूले थप खर्च बेहोर्नु परिरहेको छ । पढ्ने विद्यार्थीहरूलाई शान्त स्थान चाहिने भए पनि एउटै कोठामा ५/६ जना विद्यार्थी राख्दा बस्न र पढ्नसमेत समस्या परिरहेको छ ।  
 
(विद्यार्थीको अध्ययन प्रभावित नहोस् भनेर हामीले उनीहरुको नाम परिवर्तन गरेका छौँ । जोसँग भएका कुराकानी चाहीँ तपाईं भिडियोमा पनि हेर्नसक्नुहुन्छ । विद्यार्थीकै सुरक्षाका लागि हामीले भिडियो पनि केही अस्पष्ट पारेका छौँ ।)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको