१६ करोड प्रकरणमा आपत्तिजनक पोस्ट गर्ने पत्रकार पक्राउ

sonu_kdp6YMt63Vअसार २९, काठमाडौं– राष्ट्रपतिको १६ करोडको गाडी खरिद प्रकरणको बिषयलाई लिएर  सामाजिक संजालमा जथाभाबी लेख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

गाडी खरिद प्रकरणसंग जोडेर अपमानजनक शब्द प्रयोग गर्ने प्यूठान घर भै हाल कपिलबस्तुको तौलिहवामा बस्दै आएका  पत्रकार सोनुकुमार सुनारलाई प्रहरीले पक्राउ गरेको हो । 
तौलिहवाकै रेडियो हुदामा कार्यरत रहेका सुनारलाई प्रहरीले रेडियो स्टेशन बाहिरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

सोनुले केहि समय अघि आफनो फेसबुक वालमा राष्टपति विद्यादेवी भण्डारीलाई केन्द्रित गदै अत्यन्तै आपत्तिजनक शब्दमा स्टाटस पोष्ट गरेका थिए ।

राष्ट्रपति भण्डारीलाई फेसबुक स्टाटसमा गाडी प्रकरणलाई जोडेर जथाभाबी लेखेको आरोपमा उनी पक्राउ परेका हुन्  । सुनारले साइवर अपराध गरेको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरी उपरीक्षक भोजजंग शाहले रातोपाटीलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको