ट्युबलाइटले राख्यो यस्तो ६ रेकर्ड

tubelight1

२९ असार , मुम्बई(एजेन्सी) । सन् २०१७ को इदको मौका पारेर रिलिज भएको बलिउड अभिनेता सलमान खानको फिल्म ‘ट्यूबलाइट’ले बलिउड बक्स अफिसमा सोचे जस्तो उज्यालो प्रकाश छर्न सकेन । फिल्मबाट यसका वितरकहरु नराम्रो घाटामा गएपछि सलमान र उनका पिता सलिमले नै वितरकको घाटाको क्षतिपूर्ति दिने निर्णय नै गर्न बाध्य हुनुप¥यो ।

सय करोड क्लबका बादशाहका रुपमा चिनिने सलमानलाई यो फिल्मले सय करोडमा पुग्न ६ दिनको समय पर्खिनुप¥यो । फिल्म विश्लेषक र दर्शकको ध्यान फिल्मको व्यापार तिर गइरहँदा यो फिल्मले ६ वटा नयाँ रेकर्ड कायम गरेको तिर भने कसैले ध्यान दिन सकेनन् । फिल्मले रिलिज अघि नै रेकर्ड बनाएको थियो ।

ती रेकर्डहरु यस प्रकार छन्ः–

१. एघारौं पटक सय करोडमा सलमान
यो सलमानको व्यक्तिगत रेकर्ड हो । फिल्म ‘ट्यूबलाइट’ले सय करोड कमाएपछि सलमान मात्र बलिउडका यस्तो एक्ला अभिनेता बनेका छन् । जसको एघारवटा फिल्मले लगातार सय करोड भन्दा बढी पैसा कमाईसकेको छ । यो फिल्म भन्दा अघि २०१० मा ‘दबंग’, २०११ मा ‘रेडी’ र ‘बडीगार्ड’, २०१२ मा ‘एक था टाइगर’, ‘दबंग २’, २०१४ मा ‘जय हो’ र ‘किक’, २०१५ मा ‘बजरंगी भाईजान’ र ‘प्रेम रतन धन पायो’ र २०१६ मा ‘सुल्तान’ले सय करोड बढी कमाई गरेको थियो ।

२. फिल्ममा दाजुभाईको वर्चस्व
फिल्म ‘ट्युबलाइट’सँगै सलमान र सोहेल एकसाथ सबैभन्दा बढी फिल्ममा अभिनय गर्ने दाजुभाई बनेका छन् । यो जोडीले
यो जोडीले ‘ट्युबलाइट’सँगै ८ वटा फिल्ममा एउटै पर्दामा देखिएर अभिनय गरेका छन् । सलमानले अर्का भाई अरबाजका साथ ६ फिल्ममा काम गरेका छन् ।

३. ‘बाहुबली २’लाई पनि पछाडि पारे
प्रभास अभिनित फिल्म ‘बाहुबली २’लाई पछाडि छाड्दै सलमान खानको फिल्मले विश्वभरी १ लाख स्क्रिनमा रिलिजको रेकर्ड राख्यो । जहाँ ‘बाहुबली २’ले विश्वभरी ९ सय स्क्रिनमा मात्र स्थान पाएको थियो ।

४.विश्वमै छायो ‘ट्युबलाइट’
बलिउड फिल्मको इतिहासमा सलमानको ‘ट्यूबलाइट’मात्र पहिलो र एकमात्र यस्तो फिल्म बन्यो, जुन फिल्म विश्वको ५० देशमा एकैपटक रिलिज गरिएको थियो ।

५.युट्युबमा हिट टिजर
फिल्म ‘ट्युबलाइट’को टिजर बलिउड फिल्मको यस्तो टिजर बन्यो, जुन युट्युबमा सार्वजनिक हुनासाथ ४८ घण्टा भित्र १ करोड दर्शक पायो ।

६. इद होस् त सलमानको जस्तो
सन् २००९ मा फिल्म ‘वान्टेड’बाट शुरु भएको सलमानको इदमा फिल्म रिलिज गर्ने बानी अहिलेसम्म पनि निरन्तर जारी छ । सायदै त यो समय उनका लागि सफल साबित पनि बनेको छ । सन् २०१३ बाहेक अन्य वर्षमा उनले इदकै मौकामा फिल्म रिलिज गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको