यी हुन प्रधानमन्त्री देउवाले छानेका ३० मन्त्रीहरु

Sher Bahadur Deuba  Photo: Dinesh Gole/Nagarik/Republica

२८ असार  , काठमाडौं । तत्काललाई संविधान संशोधन प्रस्ताव थाँती राखेर मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरेका छन् ।
असारभित्रै संशोधन प्रस्ताव पारित गराउने सरकारले तयारी गरेको थियो ।

तर संशोधन प्रस्तावमा एमाले, राप्रपा लगायतका दलहरु सकारात्मक नभएपछि तत्काललाई संशोधन प्रस्ताव थाँती राखेर मन्त्रिपरिषद विस्तार गर्ने सत्तारुढ दल कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुवीच आन्तरिक सहमति भएको छ ।

प्रधानमन्त्री देउवा निकट उच्च स्रोतका अनुसार कांग्रेसले अब ९ जनालाई मन्त्री बनाएर पठाउने अन्तिम तयारी गरेको छ। देउवाको तर्फबाट यसअघि नै तीन जना मन्त्री बनिसकेका छन् । जसमध्ये गोपालमान श्रेष्ठ उपप्रधान एवम् शिक्षा, ज्ञानेन्द्रबहादुर कार्की अर्थ र फर्मुल्ला मन्सुर श्रम मन्त्री बनिसकेका छन् ।

कांग्रेसबाट को–को मन्त्री बन्दैछन् ?

अम्बिका बस्नेत, मीन कुमार विश्वकर्मा, ललितजंग शाही, भीष्म आड्दाम्बे (देउवाबाट)

बलबहादुर केसी, रामकृष्ण यादव, राजन केसी (रामचन्द्र पौडेल समूहबाट)

भीमसेनदास प्रधान(सिटौला समूहबाट), मोहन बस्नेत(खुमबहादुर खड्का समूहबाट)

त्यस्तै निवर्तमान दिपक खड्का( डा. शंशाक कोइरालाबाट)

माओवादी केन्द्रबाट को को मन्त्री बन्दैछन् ?

महेन्द्र बहादुर शाही, श्याम कुमार श्रेष्ठ, सन्ध्या चौधरी, रामनारायण विडारी र (सिता नेपाली र गिरिराजमणि पोखरेलमध्ये एकजना) जना मन्त्री बन्ने पक्का भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

माओवादी केन्द्र निकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आउने आईतबार वा सोमबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिसकेका छन् ।

त्यस्तै देउवाले राप्रपालाई ४ वटा मन्त्रालय, विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमलाई ३, कुमार खड्का र प्रेमबहादुर सिंहलाई १–१ वटा र हरिचरण साहलाई पनि १ मन्त्रालय दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक