घाँटी रेटेर श्रीमतीको हत्या, टाउकोसहित प्रहरीमा आत्मसमर्पण

२७ असार, बाँके । हत्या गर्ने अपराधीहरु आफ्नो अपराध कर्मबाट जोगिन भाग्ने गर्छन् । तर, बाँकेको कोहलपुर–४, बेलनापुरमा श्रीमतीको घाटी रेटेर हत्या गर्ने एक व्यक्तिले श्रीमतीको काटिएको टाउकोसहित प्रहरी कार्यालय पुगेर आत्मसर्मपण गरेका छन् ।

कोहलपुर–४ बेलनापुरका २९ वर्षीय अहमद अफताब बेडुवाले २६ वर्षीया श्रीमती फूलचन बेडुवाको हत्यापछि टाउकोसहित इलाका प्रहरी कार्यालय कोहलपुरमा पुगेर आत्मसमर्पण गरेका हुन् ।

 

राति १० बजे श्रीमतीको हत्या गरेका बेडुवा साइकल चढेर  टाउकोसहित प्रहरी कार्यालय पुगेका थिए । उनको घर र प्रहरी कार्यालयबीचको दूरी २० मिनेटको अन्तरमा रहेको बताइएको छ ।

‘सधैंभरि किचकिच र झगडा गरेर सताउने बाहेक केही गरिन, त्यसैले हत्या गरिदिएँ’ भन्दै उनी टाउकोसहित  इलाका प्रहरी कार्यालय आएको प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

बडुवाका दुई श्रीमतीमध्ये उनले जेठीको हत्या गरेका हुन् । ज्यामी काम गरेर जीविकोपार्जन गर्दै आएका उनीसहित उनको कान्छी श्रीमतीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । जेठी श्रीमतीतर्फकी ७ महिने छोरीको पनि प्रहरीले उद्धार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि