असार २६ , काठमाडौं – राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी वर्षको मौद्रिक नीतिले निजी क्षेत्रमा निरासा छाएको छ । लगानी प्रोत्साहित गर्ने खालको मौद्रिक नीति आउन नसकेको निजी क्षेत्रको गुनासो छ ।
मौद्रिक नीति कर्जा संकुचन हटाउने र चर्किएको ब्याजदर घटाउने विषयमा चुकेको व्यवसायीको दाबी छ ।,
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिबाट आफूहरू निरास भएको बताउनुभयो ।
‘मौद्रिक नीतिले लगानी बढाउन प्रोत्साहन गर्नुपथ्र्यो, लगानीमैत्री वातावरण बनाउनुपथ्र्योु, उहाँले अन्नपूर्णसँग भन्नुभयो, ‘लगानीकर्ता प्रोत्साहित गर्ने विषयमा मौद्रिक नीति चुकेको छ । अहिलेको जल्दोबल्दो समस्या चर्को ब्याजदर र कर्जा संकुचन आगामी वर्ष पनि यथावत रहने उहाँले बताउनुभयो, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
गत मंसिरदेखि बैंकिङ प्रणालीमा ‘क्रेडिट क्रञ्चुको समस्या देखिएको छ । लगानीयोग्य पुँजीको अभाव भएपछि बैंकको ब्याजदर पनि बढेर १५ प्रतिशतसम्म पुगेको छ । यसले लगानीमा समेत संकुचन आएको छ ।
मौद्रिक नीतिले ब्याजदर अझ बढ्ने देखिएको महासंघ बैंकिङ समितिका सभापति सौरभ ज्योतिले दाबी गर्नुभयो ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको