तराईका १२ जिल्लामा पनि एमाले अगाडि : ५ मा एमाले बलियो

असार २४, 
 
 

 

दोस्रो चरणमा निर्वाचन भएका तराईका १२ जिल्लाका दुईतिहाइभन्दा बढी तह एमाले–कांग्रेसले जितेका छन् । १ सय ३० मध्ये शुक्रबारसम्म १ सय २४ तहको नतिजा सार्वजनिक हुँदा एमाले–कांग्रेसले मात्रै ९५ तहमा प्रमुख जितेका छन् । एमालेले ५६ तह जितेर पहिलो शक्ति बनेको छ भने कांग्रेसले ३९ तह जितेको छ । 

परिणाम आउन बाँकी रहेका ६ तहमध्ये मोरङको विराटनगर महानगरपालिका, धनपाल गाउँपालिका, झापाको मेचीनगर र कैलालीको धनगढी नगरपालिकामा कांग्रेस र झापाको अर्जुनधारा र कञ्चनपुरको पुनर्वासमा एमालेले अग्रता लिइरहेका छन् ।

माओवादी केन्द्रले १२ वटा तह जितेर तराईका जिल्लामा पनि तेस्रो स्थान सुरक्षित बनाएको छ । संघीय फोरम र नयाँ शक्तिको गठबन्धनले ८ तह जितेका छन् भने लोकतान्त्रिक फोरमले ६ तह जितेको छ । राप्रपाले ४ तह, स्वतन्त्र उम्मेदवारले ३ तह जितेका छन् । स्वतन्त्रबाट विजयी निर्वाचन बहिष्कार गरेको राजपाका कार्यकर्ता हुन् ।

कांग्रेस–माओवादीको भन्दा एमालेको बढी
तराईका १२ जिल्लाको नतिजाअनुसार कांग्रेस–माओवादीको भन्दा एमालेले बढी तह जितेको छ । कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहको प्रमुख जितेको सिट जोड्दा ५१ हुन्छ । तर, एमाले एक्लैले ५६ स्थानमा प्रमुख पद जितेको छ ।

प्रदेश नं. १ मा एमाले–कांग्रेसबीच प्रतिस्पर्धा 
प्रदेश नम्बर १ का तराईका चार जिल्लामा एमालेले १९, कांग्रेसले १८ तहमा प्रमुख पद जितेका छन् । माओवादी केन्द्रको भने २ तहमा मात्र प्रमुख पदमा जित दर्ता गराएको छ । झापाका १५ तहमध्ये एमालेले ६, कांग्रेसले ४ र राप्रपाले ३ तह जितेका छन् । बाँकी दुईमध्ये कांग्रेस र एमालेले एक–एक तहमा अग्रता लिइरहेका छन् । मोरङका १७ तहमध्ये कांग्रेसले ७, एमालेले ५, माओवादी केन्द्रले १, नयाँ शक्ति र संघीय फोरम गठबन्धनले १ तथा लोकतान्त्रिक फोरमले १ तहको प्रमुख जितेका छन् । मतगणना जारी रहेको विराटनगर महानगरपालिका र धनपाल गाउँपालिकामा कांग्रेसको अग्रता छ ।

सुनसरीका १२ तहमध्ये कांग्रेसले ६, एमालेले २, नयाँ शक्ति–संघीय फोरमले १ र लोकतान्त्रिक फोरमले २ तहको प्रमुख पद जितेका छन् । मतगणना जारी रहेको धरान उपमहानगरमा एमालेले अग्रता लिइरहेको छ । उदयपुरका ७ स्थानीय तहमध्ये एमालेले ६ र कांग्रेसले १ स्थानीय तह जितेका छन् ।

प्रदेश नं. ५ मा एमाले बलियो 
प्रदेश नं. ५ स्थित तराईका ६ जिल्लामा एमालेले कांग्रेसको भन्दा झन्डै दोब्बर तहमा जितेको छ । एमालेले २२ र कांग्रेसले १२ तहमा प्रमुख जितेका हुन् । माओवादी केन्द्रले ६ तहमा जितेको छ ।

दाङका १० स्थानीय तहमध्ये एमालेले ६, कांग्रेसले ३ र माओवादी केन्द्रले १ तहको प्रमुख पद जितेका छन् । त्यस्तै, रूपन्देहीका १६ तहमा एमालेले ७, कांग्रेसले २, माओवादी केन्द्रले १ तथा नयाँ शक्ति–संघीय फोरमले ४ र लोकतान्त्रिक फोरम र राजपाका स्वतन्त्र उम्मेदवारले १–१ तह जितेका छन् ।

त्यस्तै, नवलपरासीका ७ तहमध्ये कांग्रेसले ३, एमालेले २ तथा माओवादी केन्द्र र लोकतान्त्रिक फोरमले १–१ तह जितेका छन् । बाँकेका ८ स्थानीय तहमध्ये एमालेले ४, कांग्रेसले २, राप्रपा र समाजवादी फोरमले १–१ तह जितेका छन् । बर्दियाका ८ तहमध्ये एमालेले ३, माओवादी केन्द्रले ३ र कांग्रेसले २ तह जितेका छन् ।

प्रदेश नं. ७ मा कांग्रेस–माओवादी बराबर
प्रदेश नं. ७ स्थिति कैलाली र कञ्चनपुरमा एमाले एक्लैले ११ तहका प्रमुख जितेको छ भने कांग्रेस र माओवादी केन्द्रले बराबर २–२ तहका प्रमुख जितेका छन् । कैलालीका १३ मध्ये एमालेले ७, कांग्रेस र माओवादी केन्द्रले २–२, लोकतान्त्रिक फोरमले १ तहमा प्रमुख जितेका छन् । मतगणना जारी रहेको धनगढी उपमहानगरपालिकामा कांग्रेसको अग्रता छ ।

त्यस्तै, कञ्चनपुरको ९ तहमध्ये एमालेले ४, कांग्रेस र माओवादीले २–२ तहमा प्रमुख पद जितेका छन् । पुनर्वास नगरपालिकामा एमालेको अग्रता छ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा