
आषाढ शुक्लपूर्णिमा गुरूपूर्णिमाको नामबाट प्रसिद्ध छ । चन्द्रमा आफ्नो सोह्रकलाले पूर्ण भएको दिन पूर्णिमा कहलाउँछ । असार महिनामा उत्तरषाढा नक्षत्रको नजिकमा गएर चन्द्रमा आफ्नो सोह्रकलाले पूर्ण हुन्छ ।
अतः उक्त पूर्णिमा आषाढ शुक्लपूर्णिमा कहलाउँछ । मासको अर्थ चन्द्रमा पनि हो र महिना पनि । त्यसकारण आषाढ शुक्लपूर्णिमाको नामबाट उक्त महिनाको संस्कृतमा आषाढ र नेपालीमा असार नाम रहेको छ ।
असार महिनामा सौर्यमण्डलका अधिपति सूर्य आद्र्रा नक्षत्रमा गएर बसेपछि आद्र्रा नक्षत्रमा बसेको सूर्यको किरण पृथ्वीमा पर्छ र त्यसपछि पृथ्वीको गर्भ रसाएर पानीको मूल फुट्छ । पृथ्वीको गर्भ रसाएर मूल फुटेको पानी जल हो र जल रज हो । आकाशबाट वर्षेको पानी पर्जन्य हो र पर्जन्यचाहिँ वीर्य हो ।
अतः रजस्वरूप जल र वीर्यस्वरूप पर्जन्यको संयोगबाट पृथ्वी शस्यशालिनी हुन्छ । त्यसैले काले वर्षतु पर्जन्यः पृथिवी शस्यशालिनी यो वैदिक मान्यता र कृषि प्रणाली हो । ज्येष्ठ शुक्ल पूर्णिमादेखि पृथ्वीको गर्भ बढी तातिन थाल्छ । असार १६ गतेदेखि दिन छोटिँदै जान्छ र पृथ्वीको गर्भ पनि सेलाउँदै जान्छ । त्यसकारण असार १५ गते खले गरोको रोपाइँ गर्ने नेपाली परम्परा छ ।
-आषाढ शुक्ल पूर्णिमा पनि एउटा समन्वयात्मक पर्व हो । आषाढ शुक्ल पूर्णिमाको रातमा शिशु बोधिसत्व सिद्धार्थ गौतमले मायादेवीको गर्भमा प्रवेश गरेका थिए ।
-आषाढ शुक्ल पूर्णिमाका दिन भगवान वेदव्यासको जन्म भएको हो ।
-आषाढ शुक्ल पूर्णिमाका दिन सर्वलोक गुरु दक्षिणामूर्तिको पूजा हुन्छ ।
-सर्वलोक गुरु शिव दक्षिणामूर्तिले शास्त्रको उपदेश गरेको पावन दिन पनि आषाढ शुक्ल पूर्णिमा नै हो ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि