एमाले पार्टी जित्दा उत्ताउलिने र हार्दा निराश हुने पार्टी होईन: ओलि

maxresdefault-3२३ असार , गुल्मी– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जीत्दा उत्ताउलिने र हार्दा निराश हुने पार्टी नभएको स्पष्ट पारेका छन् ।

शनिवार गुल्मीको सदरमुकाम तम्घासको चिदिचौरमा भएको विजयीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शुरुवाती चरणको नतिजा आउँदा केही मिडियामा एमाले अत्तालिएको भन्ने समाचार प्रकाशित भएको प्रति व्यंग्य गर्दै सो कुरा बताएका हुन् ।

उनले भने, ‘हिजो अखबार हेर्नुभयो होला, गिन्ती शुरु हुने बित्तिकै अखबारमा खबर आयो, शुरुमै एमालेलाई धक्का, केपी ओली चिन्तित मुद्रामा । एउटा कुरा म भन्न चाहन्छु नेकपा एमाले कुनै जीतबाट खुसी भएर उत्ताउलिएर केटाकेटीलाई दशैँ आएजस्तो आँगनमा नाच्ने पार्टी होइन । दुई चार ठाउँमा हार्यो भने पनि आत्तिने पार्टी होइन, फेरि अगाडि बढ्ने पार्टी हो ।’

नेकपा एमालेले रेसुङ्गा नगरपालिकाको विजयी सभालाई सम्वोधन गर्न गुल्मी आएका ओलीले हालसम्म १ सय ७ स्थानको परिणाम आउँदा ५२ सिट एमालेले जितेको उल्लेख गरे । ‘नेपाली काँग्रेस पुरानो पार्टी पछिपछि आइरहेको छ, ३७ सिट ल्याएको छ । माओवादीले पनि उधुमै जितेको छ १९ सिट ल्याएको छ,’ उनले भने ।

शनिवार गुल्मीको सदरमुकाम तम्घासको चिदिचौरमा भएको विजयीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शुरुवाती चरणको नतिजा आउँदा केही मिडियामा एमाले अत्तालिएको भन्ने समाचार प्रकाशित भएको प्रति व्यंग्य गर्दै सो कुरा बताएका हुन् । उनले भने, ‘हिजो अखबार हेर्नुभयो होला, गिन्ती शुरु हुने बित्तिकै अखबारमा खबर आयो, शुरुमै एमालेलाई धक्का, केपी ओली चिन्तित मुद्रामा । एउटा कुरा म भन्न चाहन्छु नेकपा एमाले कुनै जीतबाट खुसी भएर उत्ताउलिएर केटाकेटीलाई दशैँ आएजस्तो आँगनमा नाच्ने पार्टी होइन । दुई चार ठाउँमा हार्यो भने पनि आत्तिने पार्टी होइन, फेरि अगाडि बढ्ने पार्टी हो ।’ नेकपा एमालेले रेसुङ्गा नगरपालिकाको विजयी सभालाई सम्वोधन गर्न गुल्मी आएका ओलीले हालसम्म १ सय ७ स्थानको परिणाम आउँदा ५२ सिट एमालेले जितेको उल्लेख गरे । ‘नेपाली काँग्रेस पुरानो पार्टी पछिपछि आइरहेको छ, ३७ सिट ल्याएको छ । माओवादीले पनि उधुमै जितेको छ १९ सिट ल्याएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना