July 7, 2017

त्रिभुवन विमानस्थलको सफ्टवेयर अवरुद्ध हुँदा सिस्टम नै भद्रगोल

download

काठमाडौं–सफ्टवेयर नचल्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको शुक्रबार सिस्टम नै दिनभर भद्रगोल बनेको छ । शुक्रबार बिहानबाटै इन्टरनेट नभएपछि विमानस्थलमा रहेका ११ वटा मेसिन ठप्प रहे भने सवै काम कर्मचारीहरुले हस्तलिखित गरेका थिए । सफ्टवेयर नचल्दा विदेशबाट आउने तथा जानेहरुको चेकजाँच, उनीहरुका सामानको चेकजाँच, भिसा इन्ट्री लगायतका महत्वपुर्ण काममा बाधा पुग्नुका साथै ढिलासुस्ती र अत्याधिक भिडभाड समेत भएको थियो । 
सफ्टवेयर नचल्दा शुक्रबार विमानस्थलबाट को आयो र को गयो भन्ने रेकर्ड समेत सिस्टमबाहिरै रहन पुगेको छ । बिहीबार मात्रै गृहमन्त्री जर्नादन शर्माले विमानस्थलको अध्यागमन विभाग लगायतका क्षेत्रको छड्के अनुगमन गरेका थिए । विमानस्थलमा हुने लापरवाही र कर्मचारीको बद्मासि धेरै हुने गरेको गुनासो आएपछि गृहमन्त्री शर्माले आकस्मिक अनुगमन गर्दै कर्मचारीहरुलाई आवाश्यक निर्देशन समेत दिएका थिए । तर, गृहमन्त्रीले अनुगमन गरेको भोलिपल्टबाटै विमानस्थलमा सिस्टम नै भद्रगोल हुने गरी सफ्टवेयर नचल्दा समेत टिआइएले त्यसको समाधान नखोजेको सेवाग्राहीले गुनासो गरेका छन् । बिमानस्थलका प्रमुख होमनाथ थपलियाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको व्यवस्थपकिय कमजोरीका कारण सिस्टममा गडबडी आएको बताए । उनले सफ्टवेयर नचल्दा सवै काम ‘मेनुअल्ली’ गर्नुपरेको भन्दै टिआइएलाई जानकारी गराइसकेको र उसले मर्मत भइरहेको जवाफ दिएपनि कहिलेसम्म बन्छ भन्ने सप्ष्ट नभएको बताए ।
 देशको एकमात्र त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका कर्मचारीहरुको लापरबाही कति हदसम्म हुने गर्छ भन्ने कुरा शुक्रबारको यो घटनाले नै पुष्टि गरेको छ । विमानस्थलमा  दिनभर इन्टरनेट नहँुदा त्याहाको भद्रगोल कामकारावहीबाट विदेशी पर्यटकले समेत वाक्क मानेको गुनासो गरेको सुनियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हुने काम कारवाही  व्यवस्थित गर्न विगत चार बर्षदेखि सवै काम विद्युतिय सफ्टवेयर हुदै आएका छन् । यो चार वर्षको अवधिमा शुक्रबार पहिलोपटक यस्तो समस्या आएको विमानस्थलका एक जुनियर कर्मचारीले बताए । उनले आफ्नो नाम उल्लेख नगरिदिन आग्रह गर्दै रातोपाटीसँग भने ‘ विमानस्थलका उच्च ओहदाका भ्रष्ट कर्मचारीहरुलाई विमानस्थल सुधार गनुपर्ने गृहमन्त्रीको निर्देशन मन परेको छैन । त्यहि कारण उनिहरु अनेक बहानामा समस्या थप्दै जान्छन् यो पुरानै रोग हो एउटा विग्रेको नेट जोड्न आठ नौ घण्टा लाग्ने कुरै हुदैन । यो त बहाना मात्रै हो ।’
ति कर्मचारीले भने ‘गृहमन्त्रीले विमानस्थलस्थानको छड्के अनुगमन गरेको भोलिपल्टै मुलुककै एकमात्र त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको हालत यस्तो हुनु लज्जासपद हो । ’ यसविषयमा त्रिभुवन अन्तरािष्ट्रय विमानस्थलका माहाप्रवन्धक देवेन्द्र उपाध्यायसँग सम्पर्क गर्न खोज्दा समपर्क हुन सकेन । 
श्रोतका अनुसार  विमानस्थलका उच्च कर्मचारीकै सेटिङमा विमानस्थलमा यात्रुहरुको लगेज ब्याग जस्ता सामान हराउने,यात्रुलाई दुःख दिने जस्ता कामहरु हुने गरेका छन् । त्यस्तो जनगुनासो बढेपछि गृहमन्त्री शर्माले बिहीबार अध्यागमन विमागको अनुगमन गर्दै कर्मचरी सुरक्षा निकाय, डिपार्चर हेर्ने, कन्ट्रोल रुम,  तथा त्यहाँका सिसी टिभीको अवस्थाको अनुगमन गरेर चुस्त दुरुस्त सेवा प्रवाह गर्न निर्देशन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना