एक घर, दुई पार्टी, तीन उम्मेदवारः तीनैको हार

sthaniya-taha-ko-election-nirbachan_wHK52XW3OWअसार २१, गुल्मी–विगतमा सिङ्गो गाविस र वडाबाट समेत दलित समुदायले राजनैतिक दलबाट उमेदवारी पाउन मुस्किल थियो तर अहिलेको संविधानले  राजनैतिक दललाई  बाध्य पारेको छ ।

  त्यसैको शौभाग्य भन्नु पर्छ जिल्लाको ईस्मा गाउँपालिका वडा नम्वर ३  मा एकै परिवारका तिन जना उमेदवार  खडा गरिएको थियो, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट ।  तर त्यहाँ नेकपा एमालेको प्यानलले जिते पछि त्यो परिवारका तिनै जना उमेदवारले हार व्यहोरेका छन् ।

नेकपा माओवादी केन्द्रले गुने भन्ने प्रेमबहादुर नेपालीलाई खुल्ला सदस्यमा उठाएको थियो । उनकी भाई बुहारी विना नेपालीलाई पनि सोही पार्टीले खुल्ला सदस्यमै उठाएको थियो । फेरि नेपाली कांग्रेसले अर्की भाई वुहारी तुल्सी नेपालीलाई  दलित महिला सदस्यमा उमेदवार बनाएको थियो ।

    एक घर दुई पार्टी  रहेका उनीहरु  एकनएक दलबाट कुनै एक जनाले जित्ने विश्वासमा  थिए तर दुवै दलले हारे पछि उनीहरुले पनि हारे ।  साविकको दर्लामचौर गाविस तोरीपाटामा नेपाली थरका दलितहरुको ठुलो वाहुल्य रहेको छ ।  तर पनि  विगतमा समेत त्यहाँ गैह्र दलित  उमेदवारले नै जित्दै आएका छन् । दलितले दलितलाई भोट कमैले  दिने गरेका छन् ।

          जात पनि फरक पार्टी पनि फरक
   सोही घरका दम्पत्ती वीच जन्मिदाको जात पनि फरक राजनैतिक आस्था पनि फरक परेको छ । माओवादी केन्द्रकी उमेदवार विना नेपाली अधिकारी थरका व्राम्हणकी छोरी हुन् ।  उनले १० वर्ष अघि छिमेकी विष्णु नेपाली संग अन्तरजातिय विवाह गरेकी थिइन् ।

   उनी  सुरु देखि  नै माओवादी  कार्यकर्ता भए पनि उनका श्रीमान विष्णु नेपाली कट्टर कांग्रेस हुन् । 
  राजनैतिक आस्था फरक परे पनि आफुहरुको दाम्पत्य जीवनमा कत्ति फरक नपरेको ति दम्पत्तीले बताए । 
   ‘१० वर्ष भयो विहे भएको तर एक चोटी पनि माईतीमा पाईला टेक्न पाएकी छैन र बाटोमा भेट्दा समेत बुवाले टाउको फर्काएर हिड्नु हुन्छ ’ –विनाले थपिन–‘ वुवा आमा नवोले पनि मेरो वोल्ने र बाँच्ने साहरा मैरै श्रीमान विष्णु हुनुहुन्छ , मैले अव माईतीको माया विर्सी सकें , मेरा श्रीमानले विर्साई दिई सक्नु भयो । ’ 
उनीहरुका तिन सन्तान छन् । आर्थिक रुपले भने उनीहरुको अवस्था  दयानिय  रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना