यसरी असफल बन्दै छन् प्रधानमन्त्री देउवा !

DSC_6772-768x501

१९ असार , काठमाडौं । निकै कठिन मोडमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवा यतिवेला अर्को ठूलो संकटमा छन् । पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै तत्कालिन् प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिएर देउवालाई प्रधानमन्त्री बन्ने बाटो खोल्नासाथ देउवाको प्रधानमन्त्रीकाल सकसपूर्ण छ भन्ने विश्लेषण चारैतिर भएको थियो ।

अहिले उक्त विश्लेषण देउवाकै कार्यशैलीका कारण पुष्टी हुँदै गएको छ । प्रधानमन्त्री देउवा असफलतर्फ उन्मुख हुुनुका धेरै कारणहरु छन् । ती मध्ये पहिलो कारण मन्त्रीमण्डल विस्तार गर्न नसक्नुलाई लिन सकिन्छ । देउवाले प्रधानमन्त्रीको पदभार ग्रहण गरेको करिब १ महिना बितिसकेको छ । तर, पहिलो चरणमा नियुक्ति गरिएका केही मन्त्रीबाहेक अरु विस्तार हुन सकेको छैन । मन्त्रीमण्डल विस्तार गर्न नसक्नुमा नेपाली कांग्रेसभित्रको आन्तरिक किचलोलाई प्रमुख कारण मानिएको छ ।

देउवा नेतृत्वको मन्त्रीमण्डलमा नेपाली कांग्रेसले ११ मन्त्रालय पाउने सहमति भएको छ । ती ११ मन्त्रालयमध्ये कसलाई कुन मान्त्रालय दिने ? भन्नेमा मात्र होइन, पार्टीभित्र देउवा र रामचन्द्र पौडेल गुटबीच कसले कति मन्त्रालय पाउने ? भन्नेमा नै कुरा मिल्न सकेको छैन ।

प्रचण्ड नेतृत्वमा मन्त्रीमण्डल विस्तार हुँदा समेत देउवा र पौडेलबिचको विवाद सतहमा छताछुल्ल भएको थियो । अहिले पौडेल पक्षधर नेताहरुले आफ्ना पक्षका ५ जनालाई मन्त्रीमण्डलमा सहभागि गराउनुपर्ने बताउँदै आएका छन् भने देउवाले ४ वटा मन्त्रालय मात्र दिने बताएका छन् । जसका कारण पौडेल र देउवाबीचको मन्त्री संख्या सम्बन्धको विवादले मन्त्री रिषद् निर्माण नै प्रभावित बनेको छ ।

पौडेलबाहेक पार्टीभित्र तेस्रो शक्ति भनिएका कृष्णप्रसाद सिटौलाले पनि आफ्नो भाग खोजिरहेका छन् । यस्तै, देउवा गुटभित्रका पनि अन्य उपगुटलाई समेत मिलाउन गाह्रो देखिएको छ । प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रले आफ्नो तर्फबाट सबै मन्त्रालयको टुङ्गो लागइसक्दा समेत मन्त्रीमण्डल विस्तार हुन नसक्नुलाई नेपाली कांग्रेसभित्रको आन्तरिक किचलो नै मुख्य कारण मान्न सकिन्छ । लामो समयसम्म पनि मन्त्रीमण्डललाई पूर्णता दिन नसक्नुले प्रधानमन्त्री देउवालाई असफल नबनाउला भन्न सकिदैन ।

प्रधानमन्त्रीको हैसियतले देउवाले जति सक्रियता देखाउनुपर्ने हो त्यो देखिएको छैन । खासमा देउवाको सल्लाहाकार टिम तथा सचिवालय नै असक्षम देखिएको छ । त्यसो त देउवाले यतिका दिन बितिसक्दापनि आफ्नो निजी सचिवालयलाई पूर्णता दिन सकेका छैनन् भने नीजी सल्लाहाकारले समेत उचित सल्लाह दिन नसकेको देखिन्छ ।

अर्को कुरा देउवाको आफ्नै निर्णय क्षमता समेत कमजोर देखिएको छ । पहिलो चरणको स्थानीय चुनावमा एमालेभन्दा पछि परेको कांग्रेस दोस्रो चरणको चुनावी नतिजामा पनि पहिलो हुन नसक्ने संकेत देखिएको छ । पछिल्लो पटकको संविधानसभा निर्वाचनमा मुलुककै पहिलो ठूलो पार्टी बनेको नेपाली कांग्रेस स्थानीय तहको चुनावमा दोस्रो हुनुलाई देउवाकै कमजोरी मानिएको छ । निर्वाचनमा उचित र योग्य उम्मेदवारलाई छनौट नगरी आफ्ना नजिकका मान्छेलाई देउवाले टिकट दिएको आरोप पार्टीभित्रै लाग्ने गरेको छ । निर्वाचनको नतिजाले पनि देउवालाई पार्टी नेतृत्वमा असफल बनाउन सक्छ ।

प्रधानमन्त्री पद सम्हालेपछि देउवाले मधेशी दललाई सहमतिमा ल्याएर दोस्रो चरणको निर्वाचनमामै प्रदेश नम्बर २ मा पनि चुनाव गराउन सक्नुपथ्र्यो । तर देउवाले प्रभावकारी कदम चाल्न नसक्दा प्रदेश नम्बर २ मा चुनाव हुन सकेन । आगामी असोज २ गतेका लागि तोकिएको उक्त प्रदेशको चुनावअघि देउवाले मधेशवादी दलले भनेझैँ गरी संविधान संशोधन गर्न सक्छन वा सक्दैनन् भन्नेमा आशंका कायम नै छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई समेत सहमतिमा ल्याएर संविधान संशोधन गराउनु देउवाको लागि ठूलै चुनौति छ । तर यो चुनौति पार लगाउन सकेनन् भने उनको प्रधानमन्त्री पद नै धरापमा पर्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक