July 3, 2017

आजका पत्रपत्रिकाका फ्रन्टपेज

१९ असार, काठमाडौं । स्थानीय तह दोस्रो चरण निर्वाचनको परिणाम धमाधम सार्वजनिक भइरहेका छन् । अहिलेसम्म बाहिरिएको निर्वाचन परिणाममा नेकपा एमाले अगाडि देखिएको छ । आज प्रकाशित सबैजसो दैनिक पत्रिकाहरुले निर्वाचनमा भएको हार–जितको लेखाजोखा गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको विषयलाई पनि पत्रपत्रिकाहरुले लेखेका छन् । भारतीय बाँधका कारण सप्तरीमा भएको डुबान पनि पत्रिकाको प्राथमिकतामा परेको छ ।

 

नयाँ पत्रिका दैनिकले ६ वर्षमा २३ पटक पेट्रोलियममा अवरोध भएको लेखेको छ । देउवाले यो साताभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने गरी तयारी गरेको र माओवादी केन्द्रले मन्त्री टुंग्याएको खबर नयाँ पत्रिकामा छ ।

‘भारतीय बाँधले सप्तरीमा डुबान’ शीर्षक दिएर मुख्य खबर लेखेको नागरिक दैनिकले एमालेको अग्रता कायमै रहेकोदेखि नारायणगढ –मुग्लिन सडक खण्डको जोखिम बढेको सम्मको खबर लेखेको छ ।

कान्तिपुर दैनिकले देशमा विभिन्न स्थानमा बाढीपहिरोपछि भएको क्षतिलाई मुख्य खबर बनाएको छ । ‘राजमार्ग हो कि सास्तीको बाटो’ शीर्षक दिएर कान्तिपुरले नारायणगढ़–मुग्लिन सडकखण्डबारे लेखेको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले माओवादी हारबारे लेखाजोखा गरेको छ । गोरखापत्र दैनिकमा निर्वाचन परिणामलगायत खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना