वरिष्ठताको द्वन्द्वले स्थानीय तहमा शिक्षाका कर्मचारी खटाउनै समस्या

शिक्षा सेवाका कर्मचारीलाई स्थानीय तहमा खटाउन समस्या भएको छ । काम गर्ने पद र जिम्मेवारीका विषयमा स्पष्ट मापदण्ड बन्न नसक्दा शिक्षा मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीलाई व्यवस्थापन गर्न समस्या भएको खबर आजको याँ पत्रिकामा छ । 

प्रशासन सेवाका कनिष्ट कर्मचारीलाई निमित्त प्रशासकीय अधिकृत बनाइएको र शिक्षा सेवाका वरिष्ठ कर्मचारीलाई उनीहरूको मातहतमा राख्न खाजेको भन्दै व्यापक विरोध भएपछि शिक्षा मन्त्रालय नै अन्योलमा छ । शिक्षा मन्त्रालय स्रोतका अनुसार स्थानीय तहमा २८ उपसचिवसहित अधिकृतहरूलाई स्थानीय तहमा काजमा खटाएको पत्र दिए पनि व्यापक दबाबका कारण हुलाकबाट पठाएका चिठीसमेत फिर्ता गर्न दबाब आएको छ ।

सम्मानजनक व्यवस्था हुन्छ : शिक्षासचिव
शिक्षासचिव शान्तबहादुर श्रेष्ठले निजामती सेवामा वरिष्ठताको मुद्दा स्वाभाविक भएको र अब यो समस्या समाधान गर्दै अघि बढ्ने बताए । ‘हामीले प्रधानमन्त्री र सामान्य प्रशासन मन्त्रालयसँग पनि छलफल गरेका छौँ, प्रधानमन्त्रीज्यूले गम्भीरतापूर्वक लिनुभएको छ,’ सचिव श्रेष्ठले भने, ‘सम्मानजनक हुने गरी व्यवस्था हुन्छ ।’ उनले संघीयता कार्यान्वयनका लागि कर्मचारी खट्दै जाने र समस्या समाधान गर्दै जाने बताए । शिक्षा मन्त्रालयले स्थानीय तहमा खटाउनका लागि अधिकृतको विवरण तयार गर्न शिक्षा विभागलाई पत्राचार गरेको छ ।

काज नै फिर्ता गर्न दबाब : शिक्षा प्रवक्ता
स्थानीय तहमा उपसचिवलाई प्रशासकीय प्रमुख नभई अब गठन हुने शिक्षाको एकाइको जिम्मेवारी दिइएको छ । शिक्षा सेवाका कर्मचारीहरूको व्यापक दबाबका कारण यसरी पठाइएको पत्र पुनः फिर्ता गर्नुपर्ने अवस्था सिर्जना भएको मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले जानकारी दिए ।

लामो समयको गृहकार्यपछि निर्णय गरिए पनि पहिलो चरणमै कर्मचारीहरू काममा जान नमानेपछि मन्त्रालय थप समस्यामा परेको छ । शिक्षा मन्त्रालयअन्तर्गत अहिले चार सय ८५ जना उपसचिव र सात सयको हाराहारीमा अधिकृत कार्यरत छन् । आगामी आर्थिक वर्षका लागि सरकारले शिक्षाको व्यवस्थापनका लागि मात्र ६६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । कक्षा १२ सम्मको शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिने संविधानमै उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि