काठमाडौं – बालबालिका, वृद्धवृद्धा, मिर्गौला, निमोनियालगायत दीर्घ रोगबाट ग्रसित बिरामीका लागि खतरनाक मानिएको रुघाखोकी (एचवानएनवान फ्लु भाइरस) काठमाडौंमा फैलिन थालेको छ । कुलेश्वरकी एक महिलालाई उक्त समस्या पुष्टि भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरी चिकित्सकले उपचार सुरु गरेका छन् । उनीहरूले अरूलाई पनि सचेत हुनसमेत आग्रह गरेका छन् ।
ती महिलाको खकार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उक्त भाइरस देखिएको उपचारमा संलग्न अस्पतालका कन्सल्टेन्ट ट्रपिकल मेडिसिन फिजिसियन डा. अनुप बास्तोलाले जानकारी दिनुभयो । ‘रुघाखोकी लागेको, घाँटी दुखेको र हल्का ज्वरो आइरहेका बेला उहाँ अस्पताल आउनुभएको थियो । लक्षणहरू शंकास्पद भएकाले खकार परीक्षण गर्दा एचवानएनवान फ्लुको संक्रमण देखिएको हो,’ डा. बास्तोलाले भन्नुभयो, ‘उहाँलाई निगरानीमा राखेर उपचार सुरु गरेका छौं र अन्य मानिस पनि यसबाट सचेत हुनुपर्छ तर आत्तिनुपर्दैन भनेका छौं ।’

डा. बास्तोलाले यो रुघाखोकी अन्य रुघाखोकी जस्तै सामान्य भए पनि बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा र दीर्घरोगीका लागि भने जोखिमपूर्ण भएकाले सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । विशेषगरी प्रभावित व्यक्तिको सम्पर्कमा आउँदा हावाको माध्यमबाट सर्ने यो रुघाखोकीले फोक्सोको ‘टिस्यु’ मा असर गरी अपर्झट श्वासप्रश्वासमा बाधा पुर्याउन सक्छ । यसलाई चिकित्सकहरू ‘एक्युट रेस्सपिराटरी डिस्ट्रेस सिन्ड्रोम’ भन्ने गर्छन्।
स्वाइनफ्लुको नाममा आतंक
यो रुघाखोकी सन् २००९ मा मेक्सिकोको वेराक्रुज इलाकाको सुँगुर फार्ममा सबैभन्दा पहिले फैलिएको थियो । त्यसैले उक्त रुघाखोकीलाई ‘स्वाइन फ्लु’ को नाम दिइएको थियो । विश्वका अधिकांश मुलुकमा फैलिएपछि यसलाई विश्व स्वास्थ्य संगठनले ‘पेन्डेमिक एन वन नाइन’ भनेको छ । पछि सुँगुरको सम्पर्कमा नआएका मानिसमा पनि उक्त रुघाखोकीको भाइरस देखियो । विश्व स्वास्थ्य संगठनले यो रुघाखोकीलाई सामान्य रूपमा लिइएकाले ‘स्वाइनफ्लु’ को भ्रम नछर्न आग्रह गरेको छ ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा