डिलक्स र ‘सेमी लो फ्लोर’ बस किन्न साझालाई महानगरको ५ करोड

१३ असार , काठमाडौं । साझा यातायातले ल्याउने १२ वटा डिलक्स बस र एउटा सेमी लो फ्लोरबसका लागि मंगलबार काठमाडौं महानगरपालिकाले ५ करोड रुपैयाँको चेक हस्तान्तरण गर्दैछ । यो रकम साझामा महानगरले सेयरका रुपमा लगानी गर्न लागेको हो ।

राष्ट्रिय सभागृहमा एक कार्यक्रमकाबीच महानगरपालिकाले साझालार्इ चेक हस्तान्तरण गर्नेछ । महानगरले प्रदान गर्ने रकमबाट साझाले नेपालमै पहिलोपटक भित्रिने ‘सेमी लो फ्लोर’ बस पनि ल्याउनेछ । यसका लागि साझाले आपूर्तिकर्ता कम्पनीसँग सम्झौता गरिसकेको छ ।

साझाले गरेको टेण्डरमा ५ करोड रुपैयाँमा १२ वटा डिलक्स र एउटा सेमी फ्लोर बस दिने गरी तीन कम्पनीले प्रस्ताव हालेका थिए । जसमध्ये सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने आशेक ले-ल्याण्डकै बस ल्याउने गरी आईएमई अटोमोटिभ्ससँग सम्झौता भएको छ ।

आज महानगरपालिकाले पूर्व समझदारीअनुरुप ५ करोडको चेक उपलब्ध गराउनासाथ बस ल्याउन प्रतितपत्र -एलसी) खोलिने साझा यातायातले जनाएको छ । एलसी खोलेपछि अर्डरअनुरुपको बस बनाउने काम सुरु हुनेछ ।

साझा यातायातले अब किन्ने डिलक्स बसलाई अन्तर नगर यातायातका रुपमा सञ्चालन गर्ने बताएको छ । काठमाडौं महानगरबाट अन्तर महानगर/उपहमहानगर/नगरस्तरीय यातायातका रुपमा साझाका सुविधा सम्पन्न बसहरु किन्न लागिएको हो ।

यसलाई यातायातमार्फत काठमाडौं महानगरलाई अन्य स्थानीय निकयासँग ‘मितेरी’ अर्थात मित्रता जोड्ने माध्यमका रुपमा पनि विकास गर्ने साझाको योजना छ ।

यस्ता हुनेछन् डिलक्स बस

स्तरीय फोल्डिङ सिटसहितका हुने बस ४० सिटे हुनेछ । डिलक्स बसमा उलपब्ध हुने सबै सुविधा हुनेछ । कुन-कुन शहरमा साझाका नयाँ बसहरु चलाउने भनेर निर्णय भएको छैन ।

बस आएपछि काठमाडौं महानगरसँग छलफल गरेर रुट टुंग्याइने साझा यातायातले जनाएको छ । शहरी यातायातलाई सुधार्न सकिन्छ भन्ने एउटा उदाहरण प्रस्तुत गरेको साझाले लामो दूरीका बस सेवामा पनि आˆनो मानक यिनै बसमार्फत कायम गर्ने विश्वास गरेको छ ।

त्यस्तै साझाले काठमाडौंभित्र सञ्चालन गर्न लगाउने गरी ‘सेमी लो ˆलोर बस’ किन्न पनि सम्झौता गरेको छ । साझाले पछिल्लो पटक महानगरलाई १० करोडको सेयर दिएर ल्याएको ३० वटा अपाङ्गमैत्री बस काठमाडौंका विभिन्न रुटमा चलिसकेका छन् ।

कस्तो हो ‘सेमी लो फलोर’ बस ?

साझाले पहिलो चरणमा एउटा विशेष बस किनेर काठमाडौं उपत्यकामा परीक्षण गर्ने योजना बनाएको छ । लो फ्लोर सको ग्राउण्ड क्लेयरेन्स एकदमै कम हुन्छ । त्यसैले एकदमै मिलेको र सम्म सडकमा मात्र यो बस चल्छ । यो बस समान्यभन्दा बढी महंगो हुन्छ ।

यो बसमा चढ्न र ओर्लन अपांगता भएका तथा अशक्त बिरामीहरुलाई कुनै लिफ्टको जरुरत पर्नेछैन ।

साझाले अहिले ल्याएको बसमा म्यानुअल लिफ्ट छ । जसमा अपाङ्गता भएका व्यक्तिहरुलाई चढाउने र ओराल्ने समयमा समयमा मान्छेले मेहेनत गरेर जोड्नुपर्छ । तर, लो ˆलोरको बसमा भने चढ्न ओर्लन कुनै असहज हुँदैन ।

समान्य बसमा कम्तिमा ९ सय मिलिमिटरको ग्राउण्ड क्लेयरेन्स हुन्छ । कतिपयमा त त्योभन्दा पनि उच्च हुन्छ । तर, लो फ्लोरको बसमा ४ सय मिलिमिटरको क्लेयरेन्स हुन्छ । यस्ता बस सुविधासम्पन्न र उत्तिकै आरामदायी पनि हुन्छन् ।

तर, चल्नका लागि भने खाल्डाखुल्डी र उबडखाबड नभएको चिल्लो सडक भने चाहिन्छ । अब साझाले किन्ने यो बस एयरपोर्ट क्षेत्रमा चलाउन सकिने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र