११ असार , विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस र माओवादीलाई भोट दिनु भनेको वाँदरका हातमा नरिवल दिनु जस्तै भएको वताउनु भएको छ ।
विराटनगर तथा इटहरीको एमालेको चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले काँग्रेसलाई जनताले पटक पटक वहुमत दिँदा पनि केही नगरेर उल्टो देशलाई प्रतिगमन तर्फ धकेलेको वताउनुभयो ।अध्यक्ष ओलीले अव कसैले चाहेर पनि नेपालमा नाकावन्दी गर्न नसक्ने दावी गर्नुभयो । आफ्नो नेतृत्वको सरकारले उत्तरमा पनि वाटो खोलेको हुनाले अव देशमा कहिल्यै नाकावन्द हुन नसक्ने वताउनुभयो ।
किमान्थांकावाट चारलेनको वाटोे धरान जोडिने योजना आफु प्रधानमन्त्री हुँदा वनाएको र, त्यो पुरा हुन लागेको ओलीले वताउनुभयो । पूर्व प्रधानमन्त्री ओलीले अव कुनै छिमेकीले वलियो छु भनेर नेपाललाई हेप्न नसक्ने वताउनुभयो ।
उहाँले एमालेले दुवै छिमेकी सँग सन्तुलित सम्वन्ध राख्ने प्रष्ट पार्नुभयो । मधेशमा अहिले सम्मकै सवैभन्दा वढी वजेट पारेर मधेशी जनताको हीतका लागि काम गर्ने पार्टी एमालेलाई मधेश विरोधी भन्नु हास्याँस्पद भएको अध्यक्ष ओलीको भनाई छ ।
उहाँले इटहरीमा एमालेले जीतिसकेको तर मतदान र गणना गर्न मात्र वाँकी रहेको वताउनुभयो । अध्यक्ष ओलीले शनिवार नै मोरङको उर्लावारी,पथरी र वेलवारीको सभालाई सम्वोधन गर्नुभयो ।
विराटनगरलाई महानगर वनाउने नै एमाले
अध्यक्ष ओलीले विराटनगरलाई महानगरपालिका वनाउने प्रस्तावक नै एमाले भएको वताउँनुभयो । कांग्रेस माओवादीलाई विराटनगरमा भोट माग्न लाज लाग्नु पर्ने वताउँदै ओलीले यो शहर विपी कोईरालाको मात्र नभई मनमोहन अधिकारीको पनि भएको कारण यहाँ एमालेलाई काम नठान्न चुनौती दिनुभयो । एमाले संग प्रतिश्पर्धा गर्न कुनै पनि हिसावले कसैले नसक्ने वताउँदै ओलीले आफ्नो पार्टी मधेश विरोधी नभएको जिकिर गर्नुभयो । जनताका पक्षमा संबिधान संशोधन गर्ने कुरामा एमाले कहिल्यै नकारात्मक नभएको वताउँदै ओलीले जसलाई जे मन लाग्यो त्यही कुरामा भने संशोधनका पक्षमा एमाले नभएको वताउनुभयो ।
मेगान्यूज डटकमको अनुसार मधेश र थारुको पक्षमा एमाले
अध्यक्ष ओलीले एमाले मधेश र थारुको पक्षमा सधै रहेको वताउनुभयो । विजय गच्छदारको दल संग तालमेल गरेर एमाले तराई मधेशको पक्षमा रहेको पुष्टि गरेको अध्यक्ष ओलीको भनाई छ ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्