स्वास्थ्य बुझ्न सरकारी टोली मलेसिया जाँदै : ‘नेपाली युवा उठ्ने समयमा मृत फेला’

 

मलेसियामा रोजगारीका लागि पुगेका नेपाली युवाको मृत्युको कारण पत्ता लगाउन सरकारी चिकित्सकसहितको टोली मलेसिया जाने भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका युवाहरूको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेपछि सरकारले चासो देखाएको खबर आजको नयाँ पत्रिकामा छ । । प्रतिवर्ष चार सयभन्दा बढी मलेसियामा कामका लागि पुगेका कामदारको मृत्यु कुनै न कुनै रोगका कारण हुने गरेको अनुमान गरिएको छ ।

स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा.भोलाराम श्रेष्ठले मलेसिया सरकारले नेपाली कामदारको स्वास्थ्य अवस्था बुझ्न आउन भन्दै नेपाल सरकारलाई औपचारिक पत्र पठाएपछि विशेषज्ञ चिकित्सकसहितको टोली त्यसतर्फ जान लागेको जानकारी दिए । आगामी शुक्रबार जाने सरकारी चिकित्सकसहितको टोलीले एक साता लगाएर मलेसियामा काम गर्ने नेपाली कामदार र सम्बन्धित कम्पनीका मालिकसँग छलफल गर्नेछ ।

‘मलेसियामा काम गर्ने धेरै नेपाली युवा राति सुतेर बिहान उठ्ने समयमा मृत अवस्थामा फेला पर्ने गरेका छन्,’ श्रेष्ठले भने, ‘यस्ता घटना बढ्न थालेपछि मलेसियाली सरकारले हामीलाई अध्ययनका लागि बोलाएको हो । हामीले पाएको जानकारीअनुसार बढी कामदार हर्टअट्याकका कारण मृत्यु हुने गरेका छन् ।’

पहिलोपटक अध्ययन हुँदै
वैदेशिक रोजगारीमा गएका कामदारको स्वास्थ्य अवस्थाप्रति सरकार पछिल्लो समय गम्भीर बनेको छ । सरकारको आग्रहमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. केदार बराल, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. रामेश कोइराला, स्वास्थ्य मन्त्रालयका सनद केसी, राजीव पोखरेललगायतको टोली मलेसिया जान लागेको हो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार बरालले नेपाली कामदारको स्वास्थ्य अवस्थाबारे जानकारी लिने सरकारी टोली पहिलोपटक मलेसिया जान लागेको बताए । पहिलोपटक सरकारले पाँच सदस्यीय टोली नेपाली कामदारको स्वास्थ्य अवस्था बुझ्न फिल्डमै पठाउने निर्णय गरेको जानकारी दिए । ‘एयरपोर्टबाट विभिन्न रोगका कारण सिधै नेपाल फर्कनु परेको यथार्थलाई पनि नेपाली टोलीले केलाउनेछ,’ बरालले भने, ‘के कारण रहेछ, औपचारिक जानकारी लिएर फर्कनेछौँ ।’ हाल मलेसियामा सात लाखको हाराहारीमा नेपाली कामदार रहेको सरकारी तथ्यांक छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा