घुस लिँदै गर्दा राजस्व अधिकृत पक्राउ

Akhtiyar-Durupayog-anusandhan-aayog९ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मूल्य अभिवृद्धि कर भ्याट तिर्न नपर्ने बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा राजस्व अनुसन्धान अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

आयोगले राजस्व अनुसन्धान मध्यपश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुर, बाँकेका अनुसन्धान अधिकृत भिमप्रसाद घिमिरे र कम्प्युटर अधिकृत गोविन्दबहादुर शाहीलाई आज नियन्त्रणमा लिएको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए ।

आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले पाँच लाख ७० हजार घुस रकमसहित दुबैजनालाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो ।

व्यापारीबाट नियन्त्रणमा लिइएका करलगायतका कागजात मिलाइ दिने प्रयोजनका लागि उनीहरुले घुस रकम माग गरेका थिए । नियन्त्रणमा लिएका दुबै जनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने