यस्तो रहेछ दीपिका पादुकोणको सुन्दरताको रहस्य

deepika-1-768x449

७ असार , काठमाण्डौँ । बलिउड अभिनेत्री दीपिका पादुकोणको सुन्दरता र फिटनेशको राज के हो भन्दा यस्तो जवाफ पाइन्छ । 

उनको मिहेनत, स्वस्थ्य अहार, अनुशासित जीवन । कौतुहलता जाग्नु स्वभाविक हो, उनी के खान्छिन्, कति खान्छिन्, कसरी व्यायाम गर्छिन्, योग, ध्यानमा कति रुची राख्छिन् ?

यस्तो छ फिटनेस राज

दीपिका स्वंमलाई फिट एन्ड फाइन राख्नका लागि आफ्नो आहार र व्यायाममा एकदमै ध्यान दिन्छिन् । उनी ताजा र स्वस्थ्य अहार लिन रुचाउँछिन् । जंकफूड, मसलेदार र तेलमा भुटेको खानेकुरा पटक्कै खादिनन् । यसकै नतिजा हो, उनको स्वास्थ्य र सौन्दर्य ।

दीपिकाको आहार योजना

मध्यन्हको खाना- चिया, ग्रिल्ड माछा र ताजा सब्जी

साँझको खाना- नट्स (बदाम लगायत), फिल्टर कफी

रातको खाना- चिया, सब्जी र सलाद

उनी हरेक दुई घण्टामा ताजा फल सेवन गर्छिन् । साथै प्राकृतिक ताजा रस वा नरिवल पानी पिउन रुचाउँछिन् । दीपिका राती ननभेज खानेकुरा खादिनन् । उनलाई डार्क चकलेट धेरै मन पर्छ, जो स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

दीपिकाको फिटनेस फर्मुला

दीपिका बिहान ६ बजे उठ्छिन् । फ्रेस भइसकेपछि उनी जगिङ गरेर योग गर्छिन् । त्यसपछि हात मुक्त व्यायाम गर्छिन् । उनलाई योग एकदमै मनपर्छ । हरेक विहान योग गरेकै हुन्छिन् । उनी अनेकन आसन गर्न पोख्त छिन् । दीपिका योग सत्रमा सूर्य नमस्कार, मार्जरी आसन, सर्वागासन, बीरभद्र आसन, गहिरो सास लिने प्राणायाम र ध्यान गर्छिन् ।

यद्यपी दीपिका दौडन रुचाउँदिनन् । बरु, योग सकिएपछि बिहान आधा घण्टा हिँडडुल गर्छिन् ।

दीपिका जिम जान्छिन् । तर, दैनिक रुपमा जिम जाने बानी भने छैन । यसको बदलामा उनी पिलेट्स र हात मुक्त व्यायाममा समय व्यातित गर्छिन् । पिलेट्स र स्ट्रेचिङ व्यायाममा कुनै उपकरणको आवश्यक्ता हुँदैन । यसले शरीर लचिलो हुन्छ ।

दीपिकाको फिटनेस मन्त्र

– दीपिकाको फिटनेस मन्त्र हो, ‘फिटनेसलाई आफ्नो जीवनको हिस्सा बनाउनुहोस् ।’

– ताजा, स्वस्थ्य र पोषक तत्वले समृद्ध खाद्य पदार्थ सेवन गरौ ।

– फिटनेसको मतलव स्किनी वा स्लिम हुन मात्र होइन, वास्तवमा यसको अर्थ भित्रैबाट स्वस्थ्य हुनु हो ।

– कसरतले तपाईलाई फिट र स्वस्थ्य राख्छ । यसलाई तपाईको दैनिक दिनचर्याको अभिन्न अंग बनाउनु पर्छ ।

– यदि तपाई जिम जान सक्नुहुन्न भने नृत्यको माध्यामबाट अतिरिक्त क्यालोरी खर्च गर्नुहोस् ।

– सन्तुलित आहार र पर्याप्त निन्द्रका साथ साथ पानी पनि पर्याप्त पिउनुपर्छ । यसले सुगठित र सुन्दर शरीर प्राप्त हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको