४ असार – मुम्बई । फिल्म कलाकारका लागि पढाई महत्वपूर्ण नै हुन्छ । तर, अध्ययन मात्र पनि सबथोक होइन भन्ने चर्चा चलिरहेको छ । त्यस्तै आज हामी केही यस्ता बलिउडका हस्तीहरुको बारेमा जानकारी दिन लागिरहेका छौं जो बीए पनि पास छैनन् ।
ऐश्वर्या राय
आफ्नो सुन्दरताबाट संसारलाई चिनाएकी ऐश्वर्या सन् १९९४ मा मिस नेपाल बनेपछि पढाई अधरै छाडिन् । उनको सपना आर्किटेक बन्ने थियो ।
सलमान खान
सलमान खानले बांद्रा कलेजबाट आफ्नो अध्ययन सुरु गरे तरपनि बलिउडमा स्थापित भएपछि उनको अध्ययन यात्रामा पूर्णविराम लाग्यो ।
दीपिका पादुकोण
दीपिका पादुकोण आफ्नो कूल लुक र स्टाइलका लागि फिल्म क्षेत्रमा पहिचान बनाउन सफल भइन् । उनले बेंगलुरुको माउंट कारमेलमा भर्ना गरेकी थिइन् तर मोडलिङमा पाइला चाल्न थालेपछि उनले अध्ययन बीचमै छाडिन् । त्यसपछि उनले इग्नुबाट शर्ट टर्म कोर्षका लागि आवेदन दिएकी थिइन् । र, त्यसलाई पनि उनले अधुरै छोड्नुपर्यो ।
करीना कपूर
करीना कलेज पढ्दा वकिल बन्न चाहन्थिन् । उनले मिठीबाई कलेज, मुम्बईमा भर्ना समेत गरेकी थिइन् तर ‘रिफ्यूजी’ फिल्ममा ब्रेक मिलेपछि उनी यति व्यस्त भइन् कि पढाई पूरा गर्न पनि पाइनन् ।
सोनम कपूर
बलिउडमा स्टाइलका लागि बलिउडमा चर्चामा रहेकी सोनम कपूर १२ कक्षासम्म पढाई पूरा गरेकी छन् । हालै एक अन्तर्वार्ताको क्रममा आफूले स्तानक पूरा गर्न नपाएकोमा अफसोच भएको र चाँडै नै पूरा गर्न चाहेको बताएकी थिइन् ।
अक्षय कुमार
बलिउडका खेलाडीको रुपमा चिनिएका अक्षय कुमार मार्सल आर्ट सिक्नका लागि कलेज जीवनबाट टाढिएका थिए ।
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको