June 17, 2017

कतार जाने कामदार घटे, युद्ध आर्थिक मन्दीको त्रास

 

असार 3, काठमाडौं–खाडी मुलुकवाट एक्लो वनाइएको कतारमा रोजगारीमा जाने नेपालीको संख्या पनि प्रतिदिन कम हुदै गएको छ । खाडीका आधा दर्जन भन्दावढी मुलुकले कुटनीतिक सम्वन्ध तोड्दै कतारलाई एक्लो बनाएपछि त्यहाँको सम्भावित युद्ध, आर्थिक मन्दीको कारणले रोजगारीमा जानेको संख्यामा कमी आएको हो । 

वैदेशिक रोजगार विभागका अनुसार अहिले गत महिनाको तुलनामा श्रम स्वीकृती लिनेको संख्या घटेको छ । अहिले सामान्य अवस्थाको भन्दा करिव ५० प्रतिशत कम कामदार रोजगारीका लागि कतार गइरहेका छन् भने श्रम स्वीकृती पनि ६० प्रतिशत कम भएको छ । यद्यपी, कतारमा संकट आउनुपूर्वनै श्रम स्वीकृती लिएका कामदार भने रोजगारीमा गइरहेका छन् । केही रोजगारी व्यवसायीले यस अघिनै ल्याएको माग पत्र (डिमाण्ड)मा श्रम स्वीकृती लिने क्रम भने रोकिएको छैन । 
पहिला आएको मागपत्र अनुसार पूर्व र अन्तिम श्रम स्वीकृती लिइरहेको वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले बताए । ‘अहिले रोजगारीमा जानेको संख्या केही घटेको देखिन्छ, श्रम स्वीकृती पनि कम नै छ’, उनले भने, ‘तर, पहिलानै लिएको मागमा श्रम स्वीकृती लिने र अन्तिम स्वीकृती लिएका कामदार भने रोजगारीमा गइरहेका छन् ।’
विभागका अनुसार अहिले खाडी मुलुकमा रमजान चलिरहेकाले पनि कामदारको माग कम हुन सक्ने अनुमान छ । यो समय उनीहरले कामदार माग गर्ने तथा रोजगारीमा लैजाने अवस्था नै कम हुने भएकाले कतारमा विकसित पछिल्लो घटनाक्रमले नै जानेको संख्या कम भएको भन्न सकिने अवस्था भने छैन । तर, समग्रमा कतारको भोलीको भविश्यका कारण अहिले वैदेशिक रोजगार व्यवसायी र कामदार दुवै पक्ष समेसम्म कामदार पठाउने र जाने पक्षमा देखिएका छैनन् । 
कतारले भर्खरै मात्र ठूलो संख्यामा युद्ध सामाग्री र युद्धविमानहरु खरिद गरेपछि त्यहाँको रोजगारीमा संकट आउनेमा व्यवसायी समेत सशंकित भएका छन् । वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष बलवहादुर तामाङ सम्भावित युद्ध र आर्थिक मन्दीले विदेशी कामदारको रोजीरोटीमा ठूलो संकट आउने खतरा रहेको औल्याउँछन् । कुटनीतिक रुपमा अहिलेको समस्या हल नभएमा कतारमा आर्थिक मन्दी आउन सक्दैन भन्ने स्थिती नरहेको उनको भनाई छ । सोही भनाइवाट पनि व्यवसायीहरु ततकाल कतारमा कामदार पठाउने पक्षमा त्रसित छन् । 
आर्थिक विकासको गतिमा तिव्ररुपमा अघि वढेको कतार पछिल्लो समय भने अफ्ट्यारोमा परेको हो । भोत्कि पूर्वाधाको विकासमा पनि कतार तिव्र रुपमा अघि वढीरहेको छ । सन् २०२२ मा कतारले विश्वकप फुटवलको आयोजना गर्दैछ । सोही कारण पनि पूर्वाधार क्षेत्रमा ठूलो संख्यामा नेपाली सहित विदेशी कामदार कतारमा छन् । पछिल्लो समयत वैदेशिक रोजगारीमा कतार नेपालीको मुख्य गन्तव्य नै वनेको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि