मनसुनी वायु क्रमिक रुपमा बढ्दै गएकाले शनिबार र आइतबारदेखि मध्य र पश्चिमी भेगमा अझ बढ्ने र देशका धेरै स्थानमा वर्षा हुने उनको भनाइ छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भागमा मनसुन प्रवेश गरेको भए पनि मनसुन पू्र्णरूपमा सक्रिय हुन र देशका बाँकी भागमा फैलन अझै केही दिन लाग्ने अनुमान गरेको छ । नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्छ । यस आधारमा यो वर्षको मनसुन दुई दिन ढिला गरी सुरु भएको छ । नेपालमा साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८०५ वर्षा हुनेगर्छ । सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९०५ देखि ११०५ सम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिक वर्षा भएको मनिन्छ । मनसुन अरविक भाषा मौसिमबाट आएको हो । यसको अर्थ ‘रिभर्सल अव विण्ड’ हुन्छ । मनसुन हुनुभन्दा पहिला नेपालमा वायु पश्चिमबाट पूर्वतिर बहन्छ । मनसुनी सुरु भए पनि पानी नपरेको जिज्ञासा विभागमा धेरै आइरहेकाले मनसुनी वायु क्रमिक रुपमा पश्चिमतर्फ सर्दै विस्तारै गतिलिने क्रममा रहेकाले अब वर्षा हुनेहुँदा चिन्ता नगर्न किसानलाई मौसमविद्ले आग्रह गरेका छन् । मनसुनी वायु क्रमिक रुपमा पश्चिमतर्फ सर्दै विस्तारै गति लिने क्रममा रहेको छ । भारतमा सामान्यभन्दा अघि मनसुन आएको थियो । यहाँ ९नेपाल० पनि चाँडै आउने अनुमान गरिएको थियो, तर त्यसको ठीक उल्टो केही दिन ढिलागरी मनसुन प्रवेश गरेको छ । मनसुन ढिलो प्रवेश गरी सक्रिय बन्न नसकेको भए पनि वायुमण्डलको वातावरण धेरै राम्रो रहेकाले आगामी दिनमा वर्षा हुने वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले बताए । उहाँका अनुसार एक साताअघि बङ्गालको खाडीमा न्यूनचाँपीय क्षेत्र कडा भएकाले बढी पानी प¥यो जसका कारण नेपालमा मनसुन शक्ति कमजोर पा¥यो । अझै दुई÷चार दिन फाटफुटबाहेक पर्याप्त वर्षा हुने नदेखिएको र काठमाडौँ उपत्यकामा अझै केही दिन अहिलेकै अवस्थामा रहने मौसमविद् श्रेष्ठले जानकारी दिए । महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी सिमारामा १०८, धनगढीमा ४६, पोखरामा ३६, ओखलढुङ्गामा १५, डडेल्धुरामा आठ, विराटनगरमा तीन र दिपायलमा दुई मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको न्यूनतम २० र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहेको छ ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८