June 15, 2017

सरकार भारतको इशारामा चलेको बिजुक्छें आरोप

thभक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार भारतको इशारामा चलेको आरोप लगाउनु भएको छ । सरकार दिल्लीकै इशारा अनुसार चलेको दाबी गर्दै प्रधानमन्त्री देउवाले दोस्रो चरणमा केही प्रदेशको निर्वाचन सार्ने प्रस्ताव अघि सारेको बताउनुभयो ।

निर्वाचन घोषणा गरिसकेपछि सरकारले यसका लागि सबै अधिकार निर्वाचन आयोगलाई नै दिनुपर्ने भन्दै अध्यक्ष बिजुक्छेंले निर्वाचन अवधिसम्म आयोग सरकारको होईन सरकार आयोगको सल्लाहमा चल्नुपर्ने धारणा राख्नुभयो । तर सरकारले आयोगको अधिकारमाथि समेत हस्तक्षेप गर्दै निर्वाचन सार्ने खेल खेलिरहेको उहाँको भनाई छ ।
सरकार जनताको समस्याप्रति अलिकति पनि गम्भीर हुन नसकेको आरोप लगाउँदै उहाँले सरकारले राजपालाई संविधान संशोधनको बहानामा झुक्काईरहेको खुलासा गर्नुभयो । सरकार राजपाको माग अनुसार संविधान संशोधन होईन ऐन संशोधनको तयारीमा रहेको छ उहाँले भन्नुभयो ‘राजपालाई झुक्काएर होईन प्रष्ट पारेर राजपाको मागप्रति सरकारको ध्यान जानुपर्छ ।’
सरकारले स्थानीय तहका नाममा मनपरी रुपमा बजेट विनियोजन गरेर सरकारी सम्पति अनियमिता गरिरहेको बताउँदै उहाँले नगरपालिकामा कार्यकारी अधिकृत बाहेकका अरुलाई सरकारले तलब दिन नहुने धारणा राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘अधिकृत बाहेकका अन्य कर्मचारी र पदाधिकारीका लागि स्थानीय तहको आन्तरिक स्रोतबाट खर्च व्यवस्थापन गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कर्णाली प्रदेशमा जिफन्टकाे संगठन सुदृढीकरण अभियान तीव्र

असोज १२, सुर्खेत । राष्ट्रिय सौन्दर्यकर्मि युनियन, नेपाल कर्णाली प्रदेशको संगठन सुदृढिकरण अभियान अन्तर्गत प्रशिक्षणमूलक

एमाले देश विकासको अभियन्ता, आधुनिकताको नायकः अध्यक्ष ओली

११ असोज,सुर्खेत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश विकासको अभियन्ता र आधुनिकताको

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

अख्तियारद्वारा पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, असोज ७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत

अपराधी पहुँच र दवावमा उम्कने प्रवृत्तिका विरुद्ध जिफन्टद्धारा ध्यानाकर्षण

५ असोज, सुर्खेत नेपाल ट्रेड युनियन महासघ जिफन्ट कर्णाली प्रदेश महिला कमिटीले शिक्षित–अशिक्षित महिला श्रमिकहरुले

असोज ८ र ९ मा यसरी हुँदैछ एमालेको बागमती प्रदेश अधिवेशन

काठमाडौँ, असोज ५ गते ।  नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र