June 15, 2017

मेलम्चीको पाइप विछ्याउँदा मृत्यु भएका तीनै जनाको परिवारलाई एघार लाख क्षतिपूर्ति

काठमाडौँ – उपत्यकामा मेलम्चीको पानी वितरणका लागि थोक प्रणालीको पाइप बिछ्याउने क्रममा शीतापाइला चोकमा भएको दुर्घटनामा परी मृत्यु भएका परिवारले बिमा र किरिया खर्चबापत ११/११ लाख पाउने भएका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयसँगको सम्झौताबमोजिम तेञ्जीङ रमण कन्ट्रसनले बिछ्याइरहेको थोक वितरण प्रणाली तीनअन्तर्गत शीतापाइला चोकमा आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै निधन भएको थियो । पाइप बिछ्याउनका लागि खनिएको खाल्टोमा पाइप राखेर माटोले सम्याउन खाल्टोभित्र छिरेका सप्तरी जिल्लाका सन्तोष दास र श्यामसुन्दर राम एवम् पर्वत जिल्लाका तेजप्रसाद केसीको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतक तीनै जनाले सात महिनादेखि पाइप बिछ्याउने काम गर्दै आएका थिए । घटनापछि आज दिउँसो आयोजना कार्यान्वयन निर्देशनालय, निर्माण व्यवसायी र मृतकका आफ्न्तबीच भएको बैठकमा श्रम ऐन र ठेक्का सम्झौताबमोजिम मृतकका परिवारलाई सबै सुविधा हुने सहमति भएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिए । बैठकमा निर्देशनालयका तर्फबाट प्रतिमृतक रु पाँच लाख र निर्माण व्यवसायीका तर्फबाट रु छ लाख गरी र ११ लाख दिने सहमति भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने