राजेन्द्रले उपेन्द्रलाई दिए यस्तो जवाफ

rajendra_xMLT5x9mPmपर्सा– राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो आन्दोलको नेतृत्व गर्न बुधबार वीरगञ्ज आइपुगेका छन् । मध्यान्न वीरगञ्ज आइपुगेका महतोले सडकमै पत्रकार सम्मेलन गरेर संविधान संशोधन नभएसम्म कम्तिमा मधेशका जिल्लाहरुमा निर्वाचन नगर्न सरकारसँग आग्रह गरेका छन् । वीरगंजको घण्टाघरस्थित सडकमै पत्रकार सम्मेलन गर्दै नेता महतोले विवाद नभएका ठाउँमा निर्वाचन गरे आफुहरुलाई आपत्ति नहुने भन्दै संविधान संशोधन विना मधेशमा निर्वाचन गरे त्यसको प्रतिकार गर्ने चेतावनी दिए । महतोले झापा, मोरङ, सुनसरीदेखि कञ्चनपुर सम्म १९ जिल्लामा निर्वाचन नगर्न आग्रह गरे ।  उनले मधेशमा जवर्जस्ती बन्दुकको बलमा निर्वाचन गराए मधेश र देश वर्वादितर्फ जाने चेतावनी पनि दिए । ‘संविधानमा मधेशी, दलित, जनजाति लगाएतको अधिकार खोसीएको र सोहि संविधान कार्यान्वयन गर्न अहिलेको निर्वाचन हुन लागेकोले यसलाई सामान्य रुपमा लिन सकिदैन’ महतोले बताए ।मधेश आन्दोलनको क्रममा पक्राउ परेकाहरुको मुद्धा फिर्ता, जनसख्ंयाको आधारमा स्थानीय निकायको संख्या बृद्धि, आन्दोलनमा ज्यान गुमाएकाहरुलाई शहिद घोषणा, राजपाको बटम लाईन रहेको महतोको भनाई थियो । उनले सरकारले आफ्ना माग पुरा गर्नेतर्फ अग्रसर भए आन्दोलनको स्वरुप परिवर्तन हुने बताए । उनले कांग्रेस एमाले र माओवादीले संविधान संशोधन नै नचाहेको आरोप लगाए । ‘कहिले कांग्रेस मानेन, कहिले एमाले मानेन र कहिले माओवादी मानेन भनेर संबिधान संशोधन नभएको हो । अधिकार खोस्ने बेला तिनै पार्टी एक हुने अनि अधिकार दिने विषयमा यो मानेन त्यो मानेन भनेर हुन्छ ?भन्दै प्रश्न गरे ।

मधेशी जनता आन्दोलनमा होमिएको बेला उपेन्द्र यादव निर्वाचनमा गएको भन्दै नेता महतोले यादवको मानसिक सन्तुलन गुमेको टिप्पणी गरे । ‘संविधान पुनर्लेखन गर्छु भन्ने उपेन्द्र यादव अहिले संशोधन समेत नगराई निर्वाचनमा गएका छन् र आन्दोलन गर्ने मधेशीलाई पारीबाट आएको भन्दैछन् उनको मानसिक सन्तुलन ठिक छैन’नेता महतोले भने । नाकाबन्दीका बेला पुर्व प्रधानमन्त्री केपी ओलीले मधेशी जनतालाई पारीबाट आएको भन्ने गरेकोमा अहिले उपेन्द्रले नै उक्त भाषा बोल्नुले उनि केपी ओलीको अवतार भएको आरोप लगाए । पत्रकार सम्मेलनमा राजपाका उपाध्यक्ष सरोज यादव, महामन्त्रि जितेन्द्र सोनल लगाएतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक