किन आत्महत्याको प्रयास गरेकी थिइन् ऐश्वर्या रायले ?

मुम्बई । बलिउड अभिनेत्री तथा विश्व सुन्दरी ऐश्वर्या राय बच्चनले आत्महत्या प्रयास गरेको खबर यतिबेला बलिउड तातेको छ ।

उनले पारिवारिक विफलताका कारण आत्महत्या गरिएको समाचारले अहिले भारतभर तहल्का मच्चाइरहेको छ । तर ती समाचारहरुमा आवश्यक स्रोतलाई उल्लेख गरिएको छैन । जसका कारण समाचार सत्य हो या झुठ हो भन्ने तथ्य बाहिर आउन सकेको छैन ।

उनले आत्महत्या गर्न लागेको भन्ने समाचारमा उनी अस्पतालमा उपचाररत फोटो पनि सार्वनजिक भएको छ । फोटोमा ऐश्वर्याको बायाँ हातमा पट्टि लगाइएको छ भने दायाँ हातमा सलाइनको इन्जेक्सन प्रष्ट रुपमा देख्न सकिन्छ ।

समाचारमा हालै रिलिज भएको ए दिल है मुस्किल चलचित्रमा ऐश्वर्याले रणवीर कपुरसँग दिएको किस सिनका बारेमा ऐश्वर्याकी सासु जया बच्चन खुशी नरहेको र सोही कारणले परिवारमा तनाव उच्च तहमा पुगेको बताइएको छ ।

सोही कारण ऐश्वर्याले आत्महत्याकोसमाचारले बिलउडमा सनसनी मच्चाइरहेका बेला बच्चन परिवारले भने यस विषयमा हालसम्म कुनै प्रतिकृया दिएको छैन । असफल प्रयास गरेको र उनलाई अस्पतालमा भर्ना गरिएको खबर सार्वजनिक भएका छन् ।

तर केही संचारमाध्यमले भने यो खबर हल्ला मात्र रहेको बताउँदै यसमा कुने सत्यता नरहेको बताएका छन् । ती संचारमाध्यमहरुले यो तस्वीर पुरानो रहेको र सुटिङका क्रममा दुर्घटना भएको फोटो रहेको बताएका छन् ।

उनीहरुले भाइरल भएको तस्विर उनी अभिनित “खाकी” फिल्मको सुटिङताकाको १२ वर्ष पुरानो तस्विर भएको दावी गरेका छन् । सुटिङका बेलामा जिप अनियन्त्रित भएको जिपले ऐश्वर्यालाई ठक्कर दिएपछि उनी घाइते भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको