प्लाष्टिकको चामल पहिचान गर्ने पाँच सरल तरिका

rice_0nJvIJZIBz

३१ जेठ – आजकाल तपाईंले बजारमा नक्कली अर्थात् प्लाष्टिकको चामल आइरहेको बारे समाचारमा सुन्नुभएको होला जुन स्वास्थ्यका लागि निकै हानिकारक हुने गर्दछ । जब तपाईंले नक्कली चामल देख्नुहुन्छ तब हेरेर नै उक्त चामल नक्कली हो कि सक्कली भन्ने बारे छुट्याउन सक्नुहुन्न । खबर साँचो हो वा झुटो प्लाष्टिकको चामलबाट टाढा हुनु नै राम्रो हो किनभने यसले गम्भीर पाचन समस्या हुनसक्छ ।

प्लाष्टिकमा फ्याथालेट्स रसायन हुन्छ जसले तपाईंको हर्मोनमा असर पुर्याउने गर्दछ र प्रजनन प्रणालीलाई बाधित गर्नसक्छ । यसका साथै यसले तपाईंको पेटको विभिन्न समस्या पनि निम्त्याउने गर्दछ ।

यस्तो अवस्थामा प्लाष्टिकको चामलबारे थाहा पाउन अत्यावश्यक छ । यसका लागि केही सजिलो टिप्स दिइरहेका छौं जसले तपाईं यसको पहिचान गर्नसक्नुहुन्छ ।

१. थोरै चामल लिएर त्यसमा सलाईको काँटीले आगो लगाउनुहोस् । यदि त्यसबाट जलेको बास्ना आयो भने त्यो प्लाष्टिकको चामल हुनसक्छ ।

२. एउटा चम्चामा तेललाई तातो बनाउनुहोस् र त्यसमा चामल हाल्नुहोस् । प्लाष्टिकको चामल भए त्यो पग्लन सुरु गर्छ ।

३. एक चम्चा चामललाई एक ग्लास पानीमा हाल्नुहोस् र मिक्स गर्नुहोस् । प्लाष्टिकको चामल पानीमा तैरिने थाल्छ ।

४. थोरै चामललाई पकाउनुहोस् । यदि कन्टेनरमाथि कुनै मोटो पत्र जमेको देखिन्छ भने त्यो प्लाष्टिकको चामलका कारण हुनसक्छ ।

५. शंका लागेको चामललाई पकाउनुहोस् र त्यसलाई केही दिनका लागि छुट्टै ठाउँमा राख्नुहोस् । यदि यसबाट दुर्गन्ध आएन भने त्यो प्लाष्टिकको चामल भएको बुझ्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री प्रचण्डद्वारा गेटा मेडिकल कलेजका विषयमा छलफल

२९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै

प्रहरीको लाठीचार्जविरुद्ध नेपाल चिकित्सक संघले भोलि देशभर आकस्मिकबाहेकका सेवा बन्द गर्ने

२८ माघ, काठमाडौँ । प्रहरीको लाठीचार्जविरुद्ध भोलि नेपाल चिकित्सक संघले देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द

नेपाल सरकारको निर्देशन : माग १ गते नेपालभरका विद्यालयमा योग दिवस मनाउ

 बिहिबार, पौष २८, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय

योगा गर्नै पर्ने १६ कारणहरु

  -प्रकाश आचार्य, योग विषेशज्ञ मानिसले निश्चय नै आफूलाई सधैँ स्वस्थ राख्न चाहन्छ । तर,

नियमित योगाभ्यासका फाइदाहरु र योगाभ्यास गर्दा ध्यान दिनुपर्ने कुराहरु

२९ असोज,काठमाडौं । सभ्यताको प्रारम्भदेखि नै योग प्रचलनमा रहेको देखिन्छ ।शिवलाई योगका आदि गुरु मान्ने

योगको अभ्यास गर्दा ध्यान दिनुपर्ने केही महत्त्वपूर्ण नियमहरु

योग पुर्वीय दर्शनको महत्वपूर्ण पाटो हो । हामी ऋषिमुनिका सन्तान हौं त्यसकारण योग हाम्रो दैनिकी