बढी घुस खानेमा काठमाडौं पहिलो, बाँके दोस्रो

Akhtiyar२९ जेठ, काठमाडौं । सबैभन्दा धेरै घुस खाने कर्मचारीहरु रहेको जिल्लाका रुपमा काठमाडौं पहिलो बनेको छ । बाँके जिल्ला दोस्रो स्थानमा परेको छ ।

सबैभन्दा धेरै कर्मचारीहरु काठमाडौं उपत्यकाबाट घुससहित रंगेहात पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । काठमाडौंबाट १९, ललितपुरबाट ३ र भक्तपुरबाट २ जना गरी उपत्यकाबाट जम्मा २४ जनालाई पक्राउ रंगेहात गरेको अख्तियारले जनाएको छ । राजधानी काठमाडौंमा सबैभन्दा बढी घुस लेनदेन हुने गरेको पाइएको छ ।

 

धेरै कर्मचारी पक्राउ पर्ने जिल्लाको सूचीमा बाँके दोस्रो स्थानमा छ । बाँकेबाट पाँचजना कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । घुस लेनदेनको समस्या भने देशभरि नै रहेको अख्तियारले जनाएको छ ।

नापीमा बढ्ता घुसखोरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबैभन्दा धेरै कर्मचारीहरुलाई नापी कार्यालयबाट घुससहित रंगेहात पक्राउ गरेको छ । चालु आर्थिक वर्षको जेठ २८ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै नायब सुब्बा तहका कर्मचारी पक्राउ परेका छन् ।

अख्तियारले सोमबार पत्रकार सम्मेलन गरी रंगेहात पक्राउ परेकाहरुको विवरण सार्बजनिक गरेको छ । उक्त विवरणअनुसार अख्तियारले नापी कार्यालयमा सबैभन्दा धेरै १४ जना कर्मचारीहरुलाई रंगेहात कारबाही गरेको छ ।

दोस्रोमा मालपोत कार्यालय छ, जहाँबाट ७ जना कारबाहीमा परेका छन् । यसैगरी स्थानीय तह र यातायात कार्यालयमा समान पाँच-पाँच जना कारबाहीमा परेको अख्तियारले जनाएको छ ।

सुख्बा २५ र उपसचिव ५ जना पक्राउ

अख्तियारले चालु आर्थिक वर्षको जेठ २८ गतेभित्र ७६ जनालाई रंगेहात घुससहित पक्राउ गरेको छ । घुस दिने र लिने दुबै दोषी हुने भए पनि घुस दिने व्यक्तिहरु पक्राउ परेको संख्या भने नगन्य छ ।

घुस दिने व्यक्ति २ जनामात्रै पक्राउ पर्दा सबैभन्दा धेरै ३४ जना नायब सुब्बालाई अख्तियारले पक्राउ गरेको छ ।

यसैगरी शाखा अधिकृत १५ जना, ओभरसियर र अमिन ९ जना, लेखापढी व्यवसायी ७ जना, कार्यालय सहयोगी २ जना र कुल्ली १ जना पक्राउ परेको अख्तियारको तथ्यांक छ । यसैगरी उपसचिव भने ५ जना पक्राउ परेका छन् ।

‘ठूला माछा’लाई उन्मुक्ति दिएर ‘साना माछा’लाई मात्र पक्राउ गरेको आरोप खेप्ने गरेको अख्तियारको विवरणमा सहसचिव र सचिव घुससहित रंगेहात पक्राउ परेको विवरण भने छैन ।

जेठ घुस लेनदेनको महिना !

अख्तियारले सबैभन्दा धेरै घुस्साहालाई जेठ महिनामा पक्राउ गरेको छ । यसबाट पुरानो आर्थिक वर्ष अन्त्य हुने र नयाँ आर्थिक वर्ष सुरु हुने बेला घुसको लेनदेन बढी हुने गरेको देखाएको छ ।

जेठ महिनामा १० जना, चैतमा ९ र बैशाखमा ५ जनालाई पक्राउ गरेको अख्तियारले जनाएको छ । साउनमा ७ जना पक्राउ गरको अख्तियारले, भदौ र पुसमा ३-३ जनालाई पक्राउ गरेको छ । यसैगरी असोज र फागुनमा ४-४ जना तथा मंसिर र माघमा ६-६ जना पक्राउ परेको अख्तियारको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र