ओली : मंसिरपछि देशैभरी खाल्टाखुल्टी र काँग्रेस–माओवादी खोज्ने अवस्था आउँछ

khadga-prasad-oli_cac90f92-70bd-11e5-9864-f322a89f42cf२९ जेठ – नकेपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा हुने संसदीय निर्वाचन पछि एमाले पहिलो शक्ति बन्ने दाबी गरेका छन् । 

स्थानीय तहको निर्वाचन–२०७४ को पहिलो चरणको निर्वाचनबाट प्रदेश नं. ३ का नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिन नेकपा (एमाले) प्रदेश नं. ३ संगठन कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले यस्तो दाबी गरेका हुन् । ‘मंसिरमा हुने संसदीय निर्वाचनपछि एमाले मुलुककै सबै भन्दा ठूलो पार्टी बन्छ,’ ओलीले भने, ‘अहिले पहिलो चरणमा भएको स्थानीय निर्वाचनपछि नै एमाले सबै भन्दा ठूलो शक्तिका रुपमा स्थापित भैसकेको छ ।’

ओली काँग्रेस–माओवादी काठमाडौँको खाल्टाखुल्टी जस्तै भएको पनि दाबी गरे । ‘काठमाडौँमा अहिले धेरै खाल्टाखुल्टी छन् । मंसिरसम्ममा सबै खाल्टाखुल्टी हटाएर चौडाबाटाहरु बन्नेछन्,’ ओलीले काँग्रेस–माओवादीप्रति संकेत गर्दै भने, ‘मंसिर पछि काँग्रेस–माओवादी पनि देखिन छाड्छ । जताततै एमाले मात्र बाँकी रहन्छ ।’

ओलीले अहिले काँग्रेस–माओवादीले कतै पनि धाँदली भएको छैन भनेर हल्ला गरिरहेको भन्दै आश्चर्य व्यक्त गरे । ‘यी पार्टीहरु धाँदली नै देख्दैनन्,’ ओलीले भने, ‘धाँदली देख्ने चस्मा किनेर दिनु पर्ला जस्तो छ ।’

कर्यक्रममा वरिष्ठ नेता झलनाथ खनालले स्थानीय तह लोकतन्त्रको जग भएको बताए । वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तह बलियो खम्बा भएको भन्दै पाँच वर्ष काम गरेर पार्टीको शीर ठाडो पारेर फर्किन आग्रह गरे ।

‘एमालेबाट निर्वाचित कुनै पनि जनप्रतिनिधिले भ्रष्टाचार, अनियमितता वा कानुन विपरित काम गरेमा पार्टीले संरक्षण गर्दैन,’ नेपालले भने, ‘राम्रो काम गर्नेको उच्च मूल्यांकन हुन्छ,अर्को पटक झन् माथिल्लो पदमा टिकट दिइनेछ, नराम्रो काम गर्नेलाई पार्टीले दण्डित गर्छ, एमाले भन्दैमा संरक्षण हुँदैन ।’ महासचिव ईश्वर पोखरेल जनप्रतिनिधिहरुका लागि छुट्टै प्रशिक्षण दिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार