सर्वोच्चलाई कोषको जवाफ: बाँदरबाट आतंकित हुनुपर्ने अवस्था छैन

जेठ २८, काठमाडौं – पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रका बाँदर निरोगी रहेको र दर्शनार्थी आतंकित हुनुपर्ने अवस्था नरहेको बताएको छ । कोषले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै पशुपतिका बाँदरबाट तीर्थालु आतंकित हुनुपर्ने अवस्था नरहेको दाबी गरेको हो । आजको नयाँ पत्रिकामा खबर छ ।supreme-court-nepal

पशुपतिमा बाँदरको आतंकबाट दर्शनार्थी पीडित भएको, एड्स, क्यान्सर रोग लागेका बाँदरबाट त्रसित हुनुपर्ने अवस्था आएको भन्दै गत वर्षको चैतमा सर्वोच्च अदालतमा रिट परेको थियो । सो रिट खारेजीको मागसहित कोषले सर्वोच्चलाई लिखित जवाफ पठाएको हो । सर्वोच्चले बाँदरको टोकाइ र आतंक रोक्न तथा भयमुक्त वातावरण बनाउन पशुपति क्षेत्र विकास कोष र सरकारको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

बाँदरको टोकाइले संक्रमण भएको भन्ने कुनै सूचना फेला परेन
कोषले पशुपति क्षेत्रमा रोगी बाँदरको टोकाइले पर्यटकमा संक्रमण भएको भन्ने कुनै सूचना कार्यालयमा प्राप्तसमेत नभएको स्पष्ट पारेको छ । कुनै पनि नागरिकलाई एक ठाउँबाट अर्को ठाउँमा स्वतन्त्रतापूर्वक घुम्न पाउने वातावरणमा पशुपतिको बाँदरले अवरोध नपु¥याएको सर्वोच्चलाई पठाइएको पत्रमा उल्लेख छ । पशुपति क्षेत्रमा एचआइभी एड्स, क्यान्सर र रेबिज रोगका संक्रमित बाँदरहरू भएको र मन्दिरमा आउने भक्तजनको सुरक्षामा रोगी बाँदरबाट सम्भावित खतरा भएको भन्ने विषय कपोकल्पित रहेको कोषले दाबी गरेको छ ।

कोषले पशुपति क्षेत्रमा भएका बाँदरको स्वास्थ्यसँग सम्बन्धित विषय, बाँदरबाट मानिसमा सर्ने र मानिसबाट बाँदरमा सर्ने रोगको परीक्षण गर्न ‘सेन्टर फर मलिकुलर डायनमिक नेपाल’ नामक संस्थालाई मात्रै स्वीकृति दिइएको जनाएको छ । उक्त संस्थाले गरेको परीक्षणमा बाँदरमा कुनै रोग देखिएको थिएन । दोस्रोपटक १५ वैशाख ०७४ मा ग्रिनगार्ड नेपाल अनामनगरनामक संस्थालाई बाँदरहरूमा के–कस्ता रोग छन् भनेर स्वास्थ्य उपचारका लागि अनुमति दिँदा संक्रमण फैलने रोग नभेटिएको जनाएको छ ।

पशुपति क्षेत्रमा बाँदरको आतंक, विभिन्न रोगको संक्रमण बढेको र भक्तजनमा त्यसको संक्रमणको जोखिम बढेको भन्दै अधिवक्ता मधुर पाठकले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष र कोष सञ्चालक समितिलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सरकार र पशुपति क्षेत्र विकास कोषको नाममा बाँदरको आतंक रोक्न अन्तरिम आदेश दिएको थियो ।

‘कुनै ठोस आधार र प्रमाण भेटिँदैन’

‘एड्स, क्यान्सरजस्तो संक्रमित रोगी बाँदरबाट डर र त्रास छ भनिए पनि कुनै ठोस आधार र प्रमाण भेटिँदैन,’ कोषका सदस्य सत्यनारायण जोशीले लिखित जवाफमार्फत भनेका गरेका छन् । पशुपतिमा ढुक्क भएर तीर्थालु र पर्यटक आउने वातावरण रहेको कोषको जिकिर छ । दुई सय वर्षभन्दा अघिदेखिको परम्परागत विशिष्टतालाई कायम राख्दै आएका पशुपतिका बाँदर, साँढे, गाई र परेवासमेतलाई चना, दाल,गहुँ, रोटी, फलफूल आदि दिने चलनको समर्थन गर्दै यिनको व्यवस्थापन, स्वास्थ्य र संरक्षणमा कोष गम्भीर रहेको जवाफमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मध्यम वर्ग लक्षित वाचापत्र ल्याउँछौँ:रास्वपा नेता खनाल

२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि

ट्रम्पका कारण चीन र बेलायतको सम्बन्ध सुधारतर्फ

माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण