प्रदेश नं. २ एमालेको हुँदैन भन्ने भ्रम त्यागे हुन्छः ओली

२७ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर दुई एमालेको हुँदैन भन्ने भ्रम नपाल्न आग्रह गरेका छन् । साथै संसदमा एमाले प्रतिपक्षमा रहेपनि स्थानीय तहमा प्रमुख सत्तापक्ष रहेको भन्दै उनले सरकारको राम्रा काममा समर्थन गर्ने बताए ।

 

kp-sharma

शनिबार पार्टी कार्यालय धुम्बाराहीमा रमेश रञ्जन झा लगायतलाई पार्टी प्रवेश गराउँदै एमाले अध्यक्ष ओलीले भने, ‘केहीकेही मान्छेलाई के लागेको छ भने अरु प्रदेश एमालेले लग्यो भनेपनि २ नम्बर प्रदेश हुँदैन । त्यो भ्रम छोडेहुन्छ ।’

उनले अघि भने, एमालेको बहुमत आएर सरकार बनायो भने केही रहला नत्र सँधै झमेला मात्र रहने भो । त्यसकारण एमाले आओस् भन्ने जनताको भावना छ ।’

तराई मधेसमा सिचाई तथा बाटोका लागि छुट्याइएको बजेट बाठो कहाँ पुग्ने गरेको भन्दै उनले त्यसलाई एमालेले मात्र ठीक ठाउँमा ल्याउने दाबी गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो दल एमाले विपक्षी दल मात्र नभएको बताए ।

स्थानीय तहको पहिलो चरणको चुनावले एमाले मुख्य सत्तापक्ष भएको भन्दै उनले भने, सत्तापक्ष अरु पनि छन् अलिअलि सत्ता पक्ष छ । तर, बहुमतसहितको सत्तापक्ष हामी हौं । दोस्रो चरणको चुनाव हुने चार प्रदेशमा अझ बढ्ता राम्रो गर्नेछौं ।’

केन्द्रीय संसदमा एमाले विपक्षमा रहेको भन्दै उनले सरकारले राम्रो काम गरे समर्थन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक