June 10, 2017

आन्दोलनको तयारीमा राजपा : किन रिसायो एक्कासि ?

जेठ २७, काठमाडौं  – राष्ट्रिय जनता पार्टी नेपाल १४ असारको स्थानीय तहको निर्वाचन बिथोल्न आन्दोलनको घोषणा गर्ने तयारीमा लागेको छ । केही दिनअघिसम्म दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधनको प्रक्रिया सुरु गर्न सहमत रहेको राजपा एक्कासि पुरानै मागमा अडान राख्न थालेको छ । उसले आन्दोलनका कार्यक्रम तय गर्न छलफलसमेत सुरु गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

राजपाका नेता राजेन्द्र महतोले आयोगले जारी गरेको सूचनाको कुनै अर्थ नभएको बताए । ‘नजाने गाउँको बाटो नसोध्नु भन्छन्, हामीलाई सरोकार नभएको विषयमा कुनै प्रतिक्रिया आवश्यक छैन,’ महतोले भने । उनका अनुसार राजपासँग एकता गरेका दलले उम्मेदवार मनोनयनमा आवश्यक पर्ने पार्टीको आधिकारिक हस्ताक्षर बुझाउने छैनन् ।

राजपाका अर्का नेता शरत्सिंह भण्डारीले निर्वाचन आयोगले राजपाका लागि आधिकारिक हस्ताक्षर माग नगरेको र एकता भइसकेका पुराना दलको हस्ताक्षर माग गरेकाले त्यो सम्भव नभएको दाबी गरे । ‘राजपाको निर्वाचन चिह्न के हो भन्ने पनि अहिलेसम्म प्रस्ट भएको छैन, अनि कसरी निर्वाचन जान सकिन्छ ?’ भण्डारीले भने ।

एक्कासि किन आक्रोशित ?
सरकारले स्थानीय तहको संख्या बढाउने निर्णय नगरेको, बन्दी रिहाइ नगरेकोलगायतका पुरानै अडान दोहोर्याउँदै राजपा निर्वाचनमा सहभागी नहुने गरी आन्दोलनमा जाने तयारीमा लागेको छ । राजपाले २८ जेठमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको नेताहरूको भनाइ छ । जसरी पनि निर्वाचन बिथोल्न बुथबुथमा आन्दोलन परिचालन समिति बनाउने भएको छ ।

निर्वाचनमा सहभागी हुने न्यूनतम आधार पनि सरकारले नबनाएका कारण वातावरण नबनेको राजपाका अर्का नेता भण्डारीको आरोप छ । ‘स्थानीय तहको संख्या बढाउने कुरामा पनि सर्वोच्चमा भ्याकेटमा जाने कुरा थियो, अब कहिले जाने हो ? अहिलेसम्म नगएपछि २ असारमा मनोनयन दर्ता गर्न कसरी सम्भव छ ?’ भण्डारीले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना