मधेशमा कसैले चुनाव रोक्न सक्दैनः उपेन्द्र यादव

images-cms-image-000008924काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको निर्वाचनका लागि देशव्यापी रुपमा उत्साह छाएकोले जुनसुकै पार्टीले बहिष्कार गरेपनि चुनाव अब नरोकिने स्पष्ट पारेका छन् । अध्यक्ष यादवले भने, ‘अब चुनाव हुन्छ, हुन्छ, कोही पार्टीले चुनावमा जान्नभन्दा पनि अब चुनाव रोकिँदैन्, उपेन्द्र यादवको पार्टी चुनावमा नजाँदा पनि चुनाव हुन्छ, महन्थ ठाकुरको पार्टी चुनावमा नजाँदा पनि चुनाव हुन्छ, किनकी जनताले चुनाव चाहेका छन् ।’
यादवले आफ्नो पार्टीले देशव्यापी रुपमा चुनावी तयारी गरिसकेको समेत जानकारी दिए । ‘हाम्रो पार्टीले दोस्रो चरणको निर्वाचनमा सबै ठाउँमा उम्मेद्धवारी दिन्छ, यसमा कुनै शंका छैन् ।’ उनले जनताबाट आफ्नो पार्टीको पक्षमा देशव्यापी रुपमा उत्साह र समर्थन आईरहेको समेत जिकिर गरे । उनले यतिवेला आफ्नो पार्टीमा विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नेको ठूलो लर्को नै लागेको उल्लेख गर्दै भने, ‘हेर्दै जानुहोला, ऋषिध मलाजीले पनि हाम्रो पार्टीबाट सांसद बन्नुहुन्छ ।’
अध्यक्ष यादवले चुनावी तालमेलको लागि आफ्नो पार्टी खुल्ला रहेको समेत जानकारी दिए । ‘हामी चुनावी तालमेलको लागि सबैसँग खुल्ला छौं, राजपा नेपाललाई पनि तालमेलको लागि अपिल गरिरहेका छौं, हामी सँगै लड्नको लागि तयार छौं ।’ यादवले आफ्नो पार्टीले संघीयता, गणतन्त्र र परिवर्तन पक्षधरसँग चुनावी तालमेल गर्ने जानकारी दिए ।
उनले प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति शेरबहादुरको देउवाको पक्षमा लर्को लागेर मतदान गर्न आउने मधेशी नेताहरु स्थानीय तहको निर्वाचनमा उठेका मधेशी नेताहरुलाई भोट गर्न किन नहुने भन्दै प्रश्न समेत तेर्साए । उनले भने, ‘प्रधानमन्त्रीको उम्मेद्धवार गैर–मधेशी हुँदा पनि उहाँहरुले भोट त हाल्नुभयो नि, अब तराईमा हुने चुनावमा मधेशी नै उम्मेद्धवार उठ्ने हुनन् ि।’ उनले अरु पार्टीले भन्दा आफ्नो पार्टीले चुनावमा धेरै राम्रो परिणाम ल्याउने समेत दाबी गरे । म दाबाका साथ भन्छु हाम्रो पार्टीले अरु पार्टीभन्दा धेरै राम्रो परिणाम ल्याउँछ ।’
दोस्रो चरणको निर्वाचन अघि नै संविधान संशोधन प्रस्ताव पारित भए जनतामा अति नै उत्साह छाउने उनको विश्वास थियो । उनले भने, ‘चुनाव अघि नै संशोधन प्रस्ताव पारित भए जनता रेनकोट ओढेर भएपनि मतदान गर्न आउँछन्, जनताले यतिवेला निर्वाचन र समृद्धि खोजेका छन् ।’ उनले जनताले खोजेको कुरा राज्यले समयमै पूरा गरिदिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक