मन्त्रिपरिषद बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

Deuba-pmकाठमाडौँ, २४ जेठ । सरकारले संविधानको कार्यान्वयन तथा माघ ७ गतेभित्रै तीन चरणका निर्वाचनलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ ।

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले संविधानले निर्दिष्ट गरेअनुरुप संविधान कार्यान्वयन, सङ्क्रमणकालीन व्यवस्थापन र दोस्रो चरणको स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्ने निर्णय गरेको छ ।

यसैगरी, संविधानमा व्यवस्था भए अनुरुप आगामी माघ ७ गतेभित्र प्रदेश र सङ्घको निर्वाचन सम्पन्न गर्ने निर्णयसमेत सरकारले गरेको नवनियुक्त अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार पुनःनिर्माण कार्यलाई तीव्रता दिएर प्रभावकारी बनाउने, जनतामा प्रवाहित हुने सेवालाई चुस्त बनाउने, आर्थिक विकासलाई गति दिने, शान्ति सुरक्षा र आपूर्ति व्यवस्थापनलाई सुदृढ बनाउने र शाान्ति प्रक्रियाका बाँकी कार्यलाई पूर्णता दिने कामलाई सरकारले प्राथमिकतामा राखेको छ ।

बैठकले अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रिपरिषद्को प्रवक्तामा अर्थमन्त्री कार्कीलाई चयन गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक