पतञ्जली आयुर्वेदका चार उत्पादन नेपालमा प्रतिबन्ध

Patanjali-product

२४ जेठ, काठमाडााैं । भारतका चर्चित योग गुरु बाबा रामदेवको पतञ्जली आयुर्वेदिक केन्द्रको उत्पादन विभिन्न चार प्रकार औषधि नेपालमा विक्री वितरण गर्न रोक लगाइएको छ ।

 

नमूना परीक्षणका क्रममा न्युन गुणस्तरीय तथा गुणस्तरहीन भएको पाइएपछि औषधि व्यवस्था विभागले औषधिको बिक्री वितरणमा रोक लगाएको हो ।

रोक लागेका औषधिहरुमा विलादी चूर्ण, अभिपत्तिकर चूर्ण, अजमोदादी चूर्ण तथा सितोफलादी चूर्ण रहेका छन् ।

ती औषधि बजारबाट तत्काल फिर्ता गर्न विभागले सार्वजनिक सूचनामार्फत सम्बन्धित निकायलाई जानकारी गराइसकेको छ । साथै ती औषधि प्रयोग नगर्न नगराउनसमेत सम्बन्धित निकाय सबैलाई अनुरोध गरिएको छ ।

विभागद्वारा जारी सूचनामा भनिएको छ , ‘पतञ्जली आयुर्वेदिक केन्द्रद्वारा उत्पादित औषधि न्युन गुणस्तर भएको पाइएपछि औषधि ऐन-२०३५ को दफा १४ बमोजिम विक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न तथा सोको विवरण विभागमा पेश गर्न सम्बन्धित आयातकर्ता तथा तिनका अधिकारिक प्रतिनिधिहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने