यसरी खोले प्रचण्डले राजिनामा दिनुको रहस्य

Prachanda-ca-meeting-3२३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र कांंग्रेस सभापति शेरबहादुर देउवाको दवावका कराण राजिनामा नदिएको स्पष्ट पारेका छन् । व्यवस्थापिका संसद बैठकलाई संबोधन गर्दै प्रचण्डले कसैको दवावमा नभई आफ्नै चाहनाले राजिनामा दिएको बताए ।

कांग्रेससँग स्थानीय तहको निर्वाचन गराईसकेपछि पदबाट राजिनामा दिने कांग्रेससँगको सहमति भएपनि प्रचण्डले आफूले चाहेको भए दोस्रो चरणको निर्वाचनसम्म बस्न सक्ने बताए । तर आफूले राजिनामा नदिँदा दोस्रो चरणको निर्वाचन हुन नसक्ने विभिन्न कोष आफूले जानकारी पाएको भन्दै दोस्रो चरणको निर्वाचन शुनिश्चितताका लागि पनि राजिनामा दिएको उनको भनाई थियो ।

पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा आफूले राजिनामा दिएपनि दोस्रो चरणको निर्वाचन हुने र त्यसले प्रदेश र केन्द्रको समेत शुनिश्चिता हुने भएकाले राजिनामा गर्नु परेको प्रचण्डको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारमा गएपछि सजिलै नछोड्ने परिपार्टीलाई चुनौती दिनु पनि आफ्नो राजिनामा भएको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलिले उठाएको नौतिकताको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, ‘इमान मुखले भनेर भन्दा व्यवहारले गरेर देखाउने कुरा हो, मैले त्यही गरें ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने